सेयर बजार दोहोरो अकंले घट्दा पनि ६ अर्बमाथिको कारोबार
मकालु खबर
२०७७ चैत १२ गते
काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज (बिहिबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसूचक दोहोरो अकंले घटेको छ । यस दिन नेप्से २१.२९ अंकले घटेको हो ।
कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.८३ प्रतिशतले घटेर २५४८.९६ बिन्दुमा पुगेर बन्द भएको छ ।
त्यस्तै, सेन्सिटिभ परिसूचक ५.६४ अकंले घटेर ४५०.३१ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ समूहका कम्पनी मध्ये १० समूहका समूहगत सूचक घटेका छन् भने ३ सूचक बढेका छन् ।
जीवन बीमा, माइक्रो फाइनान्स, हाइड्रोपावर ,म्युचुअल फण्ड र कम्पनीका सूचकहरु आज राताम्मे छन् भने इन्भेटष्मेन्ट, व्यापार र होटल तथा पर्यटनमात्र बढेका छन् ।
यस दिन २ सय ८ कम्पनीका १ करोड २५ लाख ४८ हजार कित्ता शेयर ६ अर्ब ५० करोड रुपैयाँ बढिको खरिदबिक्री भएको छ ।
मकालु खबर
२०७७ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित