हिमालयन बैंक एससीटी युनियनपे कार्ड सेवा सुरु

काठमाडौं । हिमालयन बैंक एससिटी युनियनपे कार्ड सेवा सुरु भएको छ । हिमानयन बैंक र युनियनपेको सहकार्यमा यो सेवा सुरु भएको हो । सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्नेछ ।

विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायका लागि भारत जानेका लागि उक्त कार्डबाट भुक्तानी सहज हुने बताइएको छ ।
निकट भविष्यमा बैंकसँगको सहकार्यमा त्यस कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्वीकार्य हुने युनियनपेका प्रतिनिधिले जानकारी दिए ।

हिमालयन बैंक युनियनपेको नेपालमा एक प्रमुख रणनितिक साझेदार भएर सन् २०१० देखि सञ्चालनमा रहेको छ । उक्त कार्ड बैंकले सन् २०१४ देखि नै जारी गर्दै आइरहेको छ ।

प्रतिक्रिया