कोरोनाबाट पूर्व मन्त्री बोहराकी आमाको निधन
मकालु खबर
२०७८ वैशाख १५ गते
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई मातृ शोक परेको छ ।
उनकी आमा धौलीदेवी बोहराको मंगलबार राति कोरोना संक्रमणबाट निधन भएको हो । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइमरहेको थियो ।
निमोनियाबाट ग्रसित ७८ वर्षीय बोहरालाई कोरोना संक्रमण पनि देखिएको थियो । दुई दिनअघि मात्रै अस्पताल भर्ना भएकी बोहरालाई मंगलबारदेखि अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो ।
मकालु खबर
२०७८ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित