मनाङ्गेले लिए मन्त्रीको शपथ
मकालु खबर
२०७८ वैशाख १६ गते
काठमाडौं । गण्डकी प्रदेश सरकार जोगाउन एमालेले स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाएको छ ।
प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका मनाङ्गेले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरिसकेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय थपेर मनाङ्गेलाई मन्त्री बनाएका हुन् ।
विसं २०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा मनाङ्गे स्वतन्त्र उम्मेदवार थिए । तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए । मनाङको प्रदेश [ख] बाट प्रदेश सभामा १ हजार ४ सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन् ।
मकालु खबर
२०७८ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित