कैलालीमा जारी निषेधाज्ञा लम्बियो
मकालु खबर
२०७८ वैशाख २० गते
धनगढी । कैलालीमा जारी निषेधाज्ञा वैशाख ३० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले निषेधाज्ञाको समय थप गरेको हो ।
यसअघि पहिलो चरणमा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै निषेधाज्ञाको समय थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।
उनले संक्रमणको चेन ब्रेक गर्नको लागि कम्तीमा १५ दिन निषेधाज्ञा गर्नुपर्ने देखिएकाले समय थप गर्ने निर्णय गरिएको बताए । कैलालीमा सक्रिय संक्रमितको संख्या एक हजार भन्दा बढी पुगिसकेको छ ।
मकालु खबर
२०७८ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित