कर्णाली प्रदेशमा दुई मन्त्रीद्वारा राजीनामा
मकालु खबर
२०७८ वैशाख २९ गते
काठमाडौं । कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् । उनीहरू दुवै जना माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् ।
मकालु खबर
२०७८ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित