उपसभापति गच्छदारलाई पत्नीशोक
मकालु खबर
२०७८ जेठ १ गते
काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा आज बिहान निधन भएको हो ।
निर्मलाको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । निर्मलाको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत कांग्रेस नेताहरूले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् ।
मकालु खबर
२०७८ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित