धनगढी ग्यालरीद्वारा अक्सिजन खरिदका लागि २२२२ सहयोग

धनगढी । निःशुल्क अक्सिजन अभियान सञ्चालन गर्दै आएको ह्युमानिटी फाउण्डेसन नेपाललाई धनगढी ग्यालरीले आर्थिक सहयोग गरेको छ । ह्युमानिटी फाउण्डेसन नेपालले अक्सिजनको अभावमा मृत्यु भइरहेकाहरुको जीवन रक्षाका लागि थालेको निःशुल्क अक्सिजन अभियानमा ग्यालरीले २ हजार २२२ सहयोग गरेको हो ।

ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिमका सरकारी अस्पतालहरुमा निःशुल्क अक्सिजन उपलब्ध गराउदै आएको छ । ह्युमानिटी फाउण्डेसन नेपालले कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासन, अस्पताल तथा सरकारहरुसंगको समन्वयमा ह्युमानिटी फाउण्डेसनले काम गर्दै आएको छ ।

ह्युमानिटी फाउन्डेसन नेपालको अभियानमा जोडिन एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००१०५२००७७२ मा रकम जम्मा गर्न सकिनेछ । धनगढी ग्यालरी सामाजिक सञ्जालबाट जोडिएको युवाको समूह हो । यो समूहले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *