“मेरो देश र जुका”
यि एक हुल
को हुन् ?
के हुन् ?
किन सल्बलाइरहेका छन् ?
के अप्रिय समाचार आउने वाला छ ?
मेरो मातृभूमिको छातीमा बुट बझार्ने को हुन ?
तिनी घाम हुन् ?
अँह
घामले त न्यानोपन दिन्छ
के जून हुन त?
नाई ।
जूनले पनि सितलता दिन्छ नी
ती पनि होइनन् ?
अरे यार !! को हुन् ?
पूर्व हो की पश्चिम
उत्तर हो की दक्षिण ??
को हुन् ?
यति बेला मेरो देश रोई रहेछ ।।
यो बेला त कमसेकम
चिथोर्न छोड
निचोर्न छोड
अलिकति पनि दया लाग्दैन ?
मानवको परिभाषा के हो?
लौ न कोही बताइदिनुस् !
यो चार प्रहर रात कति लामो भएको हो ?
ए ! दाई लौन उठ्नुस त
ऊ हेर्नुहोस त !
यी त जुकाहरू पो रहेछन् ।
मेरो देशमा जुकाहरु सल्केका रहेछन्
जुकाहरु ढाडिएर पल्टेका रहेछन्
त्यसकै आवाज हुनुपर्छ ।।
यो जुका अघाएको बेला हो?
यो बेलामा उसले केहि गर्दैन ।
बस! देख्न सक्छ
टन्न अघाएर बसेको गोवन सापले झैं
ऊ हेर्नुहोस त पाउर मार्दै छ ।
देख्नुभयो?
अझै देख्नुभएन ?
रोक्नुहोस् ।
ध्यान दिएर हेर्नुहोस
पक्कै देख्नुहुनेछ ।।।
“अतीत “अशोक दवाडी