संसद् विघटन

रिट लिएर सर्वोच्च छिरे विपक्षी दलका सांसदहरु [तस्बिरहरु]

काठमाडौं । ५ दलसम्बद्ध विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । उनीहरुले त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमविरुद्धको रिट बुझाउनेछन् ।

यसअघि सिंहदरबारमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विपक्षी एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले छलफल गरेका थिए । सर्वोच्चमा उनीहरुले ५ दलका सांसदहरूले गरेको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने परमादेशसमेत बुझाउनेछन् ।

गत शुक्रबार १४९ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । सोही दिन सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

परमादेशमा विपक्षी एमालेका २३ जना सांसदले समेत हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *