अस्ट्रेलियाका विश्वविद्यालयद्वारा विदेशी विद्यार्थीलाई अस्ट्रेलिया आउन दिन आग्रह

सिड्नी । अस्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अस्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको महामारीका कारण विभिन्न विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थीहरु पनि अस्ट्रेलिया फर्किन पाएका छैनन् ।

अस्ट्रेलियाले कोरोना भाइरसको पहिलो लहर शुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरुलाई फर्किन दिएको छैन । महामारी शुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाई उड्डयन खुलाएको छैन ।

जसका कारण विदेशी विद्यार्थीहरू मारमा परिरहेका छन् । अस्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरुको तुलनामा विश्वविद्यालय भर्ना गर्ने विद्यार्थीमा ३३ प्रतिशतले कमी आएको छ ।

त्यसैले यहाँका विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ । विश्वविद्यालहरुले आफ्ना देशमा गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अस्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *