सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलको प्रमुख सचेतकमा खड्का नियुक्त
मकालु खबर
२०७८ जेठ १४ गते
धनगढी । नेपाल कम्युनिस्ट पार्टी एमालेले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लालबहादुर खड्का नियुक्त भएका छन् ।
यसअघि प्रमुख सचेतक रहेका तारालामा तामाङ प्रदेश सरकारमा मन्त्री हुने निश्चित भएपछि संसदीय दलकाे नेता प्रकाशबहादुर शाहले खड्कालाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
संसदीय दलका नेता शाहले सचेतकमा दुर्गाकुमारी कामीलाई चयन गरेका छन् । आजै सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीहरु थपिने तयारी भएपछि त्यसपूर्व संसदीय दलमा जिम्मेवारी हेरफेर गरिएको हो ।
मकालु खबर
२०७८ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित