कैलालीमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा

धनगढी । कैलालीमा जारी निषेधाज्ञा जेठ ३१ गते सम्म लम्बिएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप १० दिन लम्ब्याएको हो ।

कोरोना संक्रमण खासै कम नभइसकेकाले निषेधाज्ञाको अवधि बढाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनकाअनुसार हप्ताको चार दिन आइतबार, मङ्गलवार, बिहीबार र शनिवार बिहान ६ देखि १० बजेसम्म खाद्यान्न तरकारी डेरी मासु पसल भने खोल्न पाउने व्यवस्था मिलाइएको छ ।

कैलालीमा जारी निषेधाज्ञा छैटौं पटक थप गरिएको हो । कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएपछि कैलालीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *