स्वास्थ्यमा सुधार आएसँगै घर फर्किए मदनकृष्ण

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट घर फर्किएका छन् । अचानक मुटुमा समस्या देखिएपछि शुक्रबार राति गङ्गालाल अस्पताल भर्ना भएका श्रेष्ठको स्वास्थ्यमा सकारात्मक सुधार आएसँगै बुधवार बिहान उनलाई घर ल्याइएको हो ।

दुई हप्तापछि फलोअपमा बोलाएका उनलाई एक महिनासम्म आराम गर्न डाक्टरले सल्लाह दिएका छन् । श्रेष्ठको मुटुको एन्जियोप्लास्टी गरी दुईवटा स्टयान्ड राखिएको छ । एन्जियोप्लास्टीपछि स्वास्थ्यमा राम्रो सुधार आएको हो ।

केही समयअघि मात्रै कोरोना संक्रमणका कारण दुई पटक श्रेष्ठ अस्पताल भर्ना भएका थिए । श्रेष्ठ अघिल्लो सातामात्र कोरोनामुक्त भई डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *