बस्ती जोखिममा परेको भन्दै साँफेबगर-मार्तडी सडक खण्डमा चक्काजाम

धनगढी । साँफेबगर-मार्तडी सडक खण्डमा स्थानीयले चक्काजाम गरेका छन् । सडक खण्डअन्तर्गत अछामको साँफेबगर नगरपालिका-३ सिद्धेश्वर देउझालास्थित स्थानीयले चक्काजाम गरेका हुन् ।

बुढीगंगा नदीको कटानले सडकसंगै बस्तीनै जोखिममा परेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । नदी कटानले बस्ती जोखिममा पर्दै गएकाले आवश्यक व्यवस्थापन गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिनुपरेको सडक चक्काजामको नेतृत्व गरिरहेका युवा मुकेश कुँवरले बताए ।

नदी कटान र पहिरोले बस्ती जोखिममा पर्दै गएपछि सरोकारवालाले कुनै सुनुवाई नगरेको उनले बताए । सडक खण्ड चक्काजाम गरिएपछि अछाम र बाजुराको यातायात ठप्प भएको छ । यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *