प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग
मकालु खबर
२०७८ जेठ ३० गते
सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेकी छन् ।
प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य रखालले प्रधानमन्त्री ओलीको जीवन रक्षा हुनुपर्ने धारणा राखेकी हुन् ।
“मान्छे मार्छु भन्ने सर्वसाधारणलाई ज्यान मार्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के कानून छ र ?” उनले भनिन्, “त्यसैले म भन्न चाहन्छु, सांसदले रोष्टमबाट मान्छे मार्ने अभिव्यक्ति दिएपछि उनलाई कारवाही हुन्छ कि हुँदैन ? यस्ता हिंस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।”
उनले प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि पनि त्यस्तो अभिव्यक्ति दिने सांसदलाई हिरासतमा राखी कारवाही गर्नुपर्ने माग गरिन् ।
(रासस)
(रासस)
मकालु खबर
२०७८ जेठ ३० गते
प्रतिक्रिया
2 thoughts on “प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग”
Leave a Reply Cancel reply
सम्बन्धित
म्याडम मार्छु भन्या कहाँ होर ? नाथुराम गोड्से को प्रस ङ्ग मात्र आएको हो
K niu pau kanika bukau..
Bolnakai laagi boleki hun bhanni bujhin6 k sajay hun6 adhyadesh lyaunu bhanna parthyo ki