निधि, काेइराला र सिंहबीच महाधिवेशनमा एकै टिम बनाउनेबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह आगामी महाधिवेशनमा एकै ठाउँ रहनेगरी छलफल तीव्र बनाएका छन् । तीन नेताबीच महामन्त्री कोइरालाकाे निवास महाराजगञ्जमा शुक्रबार भएको छलफलमा आगामी महाधिवेशनमा एकै ठाउँमा रहने विषयमा  भएको छलफल सकारात्मक भएको उनीहरूले बताएका छन् ।

बैठकपछि उससभापति निधिले आफूहरूबीच महाधिवेशनमा कार्यगत एकता गर्ने विषयमा कुराकानी भएको बताए । ‘आगामी महाधिवेशनमा हामी फरक ठाउँमा हुने छैनौँ,’ निधिले भने, ‘हामीहरुबीच महाधिवेशन र समसामयिक रााजनीतिको विषयमा छलफल भएको छ। यी विषयमा साझा धारणा बनाउन प्रयासरत छौं। त्यसले देश र कांग्रेसका लागि राम्रो गरोस् ।’

छलफलमा सहभागी  महामन्त्री कोइरालाले आफूहरू तीन जनाबीच एकता हुन सक्ने सम्भावना भएको बताए । ‘सबैलाई एकै ठाँउमा गाँसेर ल्याउने प्रयत्न स्वरुप हामी तीन जना अधिवेशनमा एकै ठाँउमा छौं,’ उनले भने, ‘सभापतिको उम्मेदवार को हुने भन्ने विषयमा निर्णय गर्छौं ।’

उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसासद सिटौलासँग पनि छलफल गरेर अघि बढ्ने जानकारी दिए ।  बैठकमा सहभागी भएका अर्का नेता प्रकाशमान सिंहिले १४औं महाधिवेशनलाई स्वच्छ रुपमा महाधिवेशन गराउने विषयमा छलफल भएको बताए। ‘सबैलाई समेटेर लाने सम्भावना कति छ भनेर हामी बसेका हौँ । अस्तिको छलफलको समाचार आउनासाथ साथीहरुले राम्रो थालनी गर्नुभयो र निरन्तरता दिनुस् भन्ने सुझावको आएको छ’ सिंहले भने ।

आगामी दिनमा पनि तीन जनाबीच निरन्तर छलफल गर्ने सहमति भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *