म रूपमती !
मेरो नाउँ रूपमती नेपाली । तपाईंले पढ्दै गरेको कथा मेरो । नेपाल छँदा मेरो नाउँथर जे भएपनि यता आएदेखि नेपाली मात्रै भनी चिनिनँ पाउँदा खुसी छु । अनि यो रूपमती नाउँ त मैले आफैं जुराएर दिएकी हुँ मेरो कथाका लेखकलाई ।
उता मेरो चिनारी थियो- कलसीकुमारी पाइजा । कलसीकुमारी त मेरो न्वारनको नाउँ पो । सोध्यो भने सायद मेरै बाआमालाई थाहा थिएन होला त्यो नाउँ । नौ वर्षकी भएपछि गाउँभन्दा डेढ घन्टा टाढाको प्राथमिक स्कूल पनि जाने सौभाग्य पाएकी हुँ मैले । त्यहाँ पनि मलाई कलसीकुमारी भनेर कम तर रत्नेचौरकी पाइजा मगरकै छोरी भनी चिन्नेहरू ज्यादा थिए । साथीहरूमाझ कान्छी नाउँमै लोकप्रिय थिएँ । घरकी कान्छी छोरी म सबैकी कान्छी भएँ ।
‘छोरी सानै छ‚ पढ्न रहर गरेकी छ । हक तिम्रै हो, अहिल्यै केही नगरिदिए है भान्जा !’ भनेकी त हुन् आमाले‚ तर किन मान्यो र त्यो डम्बरेले । आफ्नो त संस्कारैले मामाकी छोरीमाथि फुपूका छोराको हक लाग्ने; भर्खर पन्ध्र कटेकी थिएँ‚ साथीहरूसित तातोपानी मेला भर्न गएका बेला माइली फुपूका छोराले तानेर स्वास्नी तुल्यायो । र मेरो परिचयमा थपियो; डम्बरबहादुरकी स्वास्नी । १७ वर्षै नपुगी म छोराकी आमा बनेँ र अर्को परिचय प्राप्त गरेँ- मौसमकी आमा ।
०००
धन्यवाद लेखक तिमीलाई । तिमीले मेरो उतारचढावले भरिएको जिन्दगीको लामो कथा सुनेर दुनियाँलाई सुनाउने आँट गर्यौ र आज यो कथा साइप्रस आउने हजारौं नेपाली अझ भनौं दक्षिण र दक्षिणपूर्वी एशियाली दिदीबहिनीको साझा कथा भएको छ । कसैले भन्न सक्ला‚ ‘रूपमती तिम्रो कथामा अहँ पटक्कै भेटिनँ मैले आफूलाई ।’ यसो भन्ने रूपमतीहरूलाई म रूपमती सल्यूट टक्र्याउनेछु‚ भन्नेछु ‘तिमी रूपमती भाग्यमानी रहिछ्यौ ।’
बजार भर्न गएका बेला गाडीमोटरले हर्न बजाएको सुन्दासमेत तर्सेर तीन हात पर भाग्ने म कतार एयरवेजको बडेमानको जहाज चढेर दोहा हुँदै साइप्रसको लार्नाका विमानस्थलमा ओर्लिएकी थिएँ । चमकधमकले आँखै बिझाउने‚ मनभरी कुतुहल र उत्सुकतै उत्सुकता । यताको विमानस्थलमा हामीलाई लिन स्थानीय सिप्रोट एजेन्ट आएको थियो ।
आफ्नो कथा यो कथाकारलाई सुनाउन थालेदेखि म बेहोशी-बेहोशीजस्ती भएकी छु । मसँग भएका वार्तालापलाई जब ऊ कथाको खेस्रा बनाएर फेरि मैलाई सुनाउँछ म त्यसमा मेरा भोगाइहरूको क्रम नमिलेको पाउँछु । त्यसमाथि यो कथाकारले मैले बह पोखीपोखी भन्न चाहेको कथालाई सरसर अघि बढाइदिएको मात्रै छ र मैले जे कुरालाई उल्लेखमात्रै गर्न चाहेकी हुन्छु ती कुराको यति शुक्ष्म विष्लेषण गरिदिएको छ कि म आफैं लाजले मुख छोप्छु र आफैंसित भाग्न खोज्छु । तर हामी दुवै स्वार्थप्रेरित छौं‚ मलाई मेरो कथा सुनाउनु छ र उसलाई मेरो कथा बिकाउ बनाउनु छ । ‘एकालाप’मा मेरो कथा नसुनाउ भनी मैले बिन्तीभाउ गरेकै हुँ तर उसले माने पो । भन्छ- ‘रूपमती तिम्रो कथा यसरी नै भनेको सुहाउँछ ।’ त्यसैले अब मैले मेरो कथा लेखकसँग बहस नगर्ने बाचा गरेकी छु । अघिल्लो राति अबेर भएको भर्च्यूअल कुराकानीलाई उसले कथामा यसरी उनेको रहेछ :-
बजार भर्न गएका बेला गाडीमोटरले हर्न बजाएको सुन्दासमेत तर्सेर तीन हात पर भाग्ने म कतार एयरवेजको बडेमानको जहाज चढेर दोहा हुँदै साइप्रसको लार्नाका विमानस्थलमा ओर्लिएकी थिएँ । चमकधमकले आँखै बिझाउने‚ मनभरी कुतुहल र उत्सुकतै उत्सुकता । यताको विमानस्थलमा हामीलाई लिन स्थानीय सिप्रोट एजेन्ट आएको थियो ।
भोलिपल्टै मलाई लिन बडेमानको ज्यान भएको, दारीकपाल जम्मै फुलेको झन्डै साठी वर्षको बूढो सिप्रोट आयो । उसले अङ्ग्रेजी भाषामा थुप्रै कुराहरू मसित सोध्यो । ट्वाँ परेर दोभाषेतिर हेर्नु मेरो नियति थियो । मैले स्याहार्नुपर्ने बूढी हजुरआमैलाई रहेछ । उतिबेला तिनी ८७ वर्षकी थिइन्, मैले स्याहार्दास्याहार्दै ९४ लागिन् । पहिले श्रीलङ्काली केटीले स्याहासुसार गर्ने ती सिप्रोट बोजु (जसलाई यिनीहरूको भाषामा ‘याया’ भनिन्छ) अब मेरो जिम्मा लागेकी थिइन् ।
आमाबाउ र हुर्केका छोराछोरी यसरी झन्डै नाङ्गिएर समुद्रमा डुलेको कति मन पर्देन मलाई । मैले मन नपराएर के नै हुन्छ र ? यहाँ यस्तै संस्कृति छ क्यारे !
मैले जान्ने अङ्ग्रेजीको हाइहेल्लो यहाँ काम लागेन । ग्रीक पनि भाषा हुनेरहेछ भन्ने त यही आएर थाहा पाएकी । पहिलेपहिले याया बूढीले भन्न खोजेको कुरो नबुझेर खुबै दुख पाएँ । तर, यी आन्द्रीयानी याया पनि मेरै फुपूजस्तै मनकारी रहिछन् । कुरो नबुझेर मैले जति काम बिगारे पनि कहिल्यै रिसाइनन् बरु मलाई (गोरीमु र मानोमु-छोरी र पियारी) भनिरहिन् । मलाई होल्डिङ सेन्टरमा लिन आउनेसहित बूढीका तीन भाइ छोरा र दुईटी छोरी रहेछन् तर सबै यूकेमा बस्दा रहेछन्; चाडबाडमा मात्रै साइप्रस आउने । बूढा उहिल्यै मरेका अरे उत्तरी साइप्रसमा टर्कीले बलजफ्ती सेना पठाएर कब्जा गरेको बेलामा भएको सङ्ग्रामका बखत । याया मलाई सुनाइरहन्छिन् बलपूर्क शत्रुदेशले आफ्नो सानो टापुको आधा हिस्सा कब्जा गरिराखेको र लोग्ने गुमाउनु परेको कथा, बूढा आँखाका खोपिल्टाबाट आँसुका ढिक्का खसाल्दै ।
मलाई लिन आउने ओडियास बूढो मात्रै निकोसियामा बस्ने रहेछ । तर, आफ्नी आमा आन्द्रीयानीसित होइन‚ अलग्गै । पछि थाहा पाएँ ओडियासले तेस्री श्रीमतीसित पनि सम्बन्धविच्छेद गरिसकेको रहेछ । उसका हुर्किसकेका छोराछोरी र नातिनातिनी रहेछन् । हरेक शनिवार ऊ आमालाई भेट्न आउँथ्यो र एकरात त्यहीँ बसेर जान्थ्यो । एक शनिवार ओडियास आमा भेट्न आएको थियो । बूढीलाई अलिक बिसन्चो पनि थियो । सुङ्गुरको कमलो मासुमा मरिच हालेको सुप बनाएर खुवाएपछि तिनी छिट्टै निदाइन् । म पनि ‘कालिनिक्ता मास्त्रो (शुभरात्री मालिक)’ भन्दै मूलघरभन्दा बाहिर मेरो निम्ति अलग्याइएको निजघरमा जान उठेँ । ‘तँलाई केही असुविधा त छैन नि’ भन्दै ओडियास मेरो पछि लाग्यो । यतिन्जेलमा म ग्रीक राम्रै ठम्याउने भइसकेकी थिएँ । ऊ कुरा गर्दै मसित आयो र सँगै छाप्रोभित्र पस्यो । केही बिग्रिएका सामानहरू बनाइदियो र एक्कासी मलाई च्याप्प समायो । मैले प्रतिकार गर्नुअघि नै विनित भावमा याचना गर्दै झ्याप्पै यसरी चुम्बन गरिदियो कि म एकैचोटी लल्याकलुलुक भएँ जुन डम्बरेले कहिल्यै गरेको थिएन । मेरा छोराका बाउले चुम्बनका नाउँमा मेरा ओठसम्मन् मुस्किलले छोएको हुँदो हो ।
यसरी म रूपमती बनेँ ।
अब ओडियास सातामा दुईचोटिसमेत आउन थालेको थियो । सरकारी सिभिल इन्जिनियरबाट सेवानिवृत्त भइसकेको उ कन्सल्ट्यान्टको काम भने गर्दै थियो । ऊ मेरो अस्मिता लुट्दैनथ्यो मात्रै बरु नेपालमा मेरो पारिवारिक स्थिति‚ मेरा छोराछोरी‚ सौता र श्रीमानकाे बारेमा पनि चासो राख्थ्यो । हाम्रो देशको सामाजिक‚ आर्थिक र राजनीतिक अवस्थामासमेत उसको चासो हुन्थ्यो । म अदनाले के बयान गर्न सक्थें र ? विस्तारै ओडियासले मलाई आर्थिक सहयोग पनि गर्न थाल्यो । महिनाभरी आन्द्रीयानी मायालाई स्याहारेको ज्यालामा करकट्टि गरेर म चानचुन तीनसय पन्ध्र युरोजति हात पार्थें । तर, त्योभन्दा धेरै त ओडियासले महिनैपिच्छे दिन्थ्यो ।
के म पनि आफूले देखे सुनेका दिदीबहिनीहरूकै पथ पछ्याइरहेकी थिएँ त ? आफ्नो सुगरड्याडीबाट युरो झार्ने र आफ्नो ब्वाइफ्रेन्ड भनाउँदो अन्य कुनै पञ्जाबी‚ पाकिस्तानी वा नेपाली केटाको खाँचो पूरा गरिदिने ? म अरु नेपाली दिदीबहिनीले यसरी नाठो राखेको बारेमा सुन्थेँ र जिब्रो टोक्थेँ तर आज यो रूपमती पनि त्यही पतनको खाँडलमा भासिएकी थिई ।
ओडियासमा म आफ्नो लोग्नेको वास्तविक रूप देख्थें । लोग्ने मात्रै किन बिस्तारै म त उसलाई बाबुभन्दा बढ्ता ठान्न थालें । मेरो करारनामामा मैले हरेक महिनाको अन्तिम आइतबार मात्रै बिदा पाउने, सिप्रोट कानूनमा उल्लिखित सार्वजनिक बिदाका दिनहरूमा समेत काम गर्नुपर्ने र यसबापत् अतिरिक्त रकम पाउने भन्ने उल्लेख थियो । तर, ओडियास मसित लहसिन थालेपछि उसले मलाई हरेक आइतबार घरबाट बाहिर निस्कन स्वतन्त्र छोडिदियो । मात्र मैले बूढीमाउका खाँचाहरूलाई बेवास्ता गर्न पाउन्नथें । अनि मैले साइप्रसमा बस्ने नेपाली समुदायले उल्लासमय रूपले मनाउने तीज‚ दशैं‚ तिहार‚ उँधौलीउभौलीजस्ता नेपाली चाडहरूमा पनि घरबाहिर जान पाउन थालें ।
टीजीआई फ्राइडे रेष्टुरेन्टमा सन् २०१८ को तीजको दर खाई धुमधामसँग नाचेर फर्किँदा त हो मैले शेखर चुडाललाई भेटेको । क्यासलाइन अगाडि म ट्याक्सी कुरिरहेकी थिएँ । मैले चिनेको ट्याक्सीवाला निकोसिया बाहिर गएको रहेछ । अब के गर्नेहोला ? ढिलो भयो भने बुढीमाउ अत्तालिन्छिन् भन्दै हडबडाइरहेकी थिएँ । बीस एक्काईस वर्षे नेपाली ठिटो मेरो नजिक आयो र सोध्यो- ‘आन्टीलाई कहाँ जानुपर्ने ?’ मैले ‘लाकातामिया’ भनेपछि ‘होर ? म पनि लाकातामिया मै बस्छु, तर म त बसमा जाने । तपाईं जाने हो भने एकजना चिनेको पञ्जाबीको ट्याक्सी छ त्यसलाई भनिदिन्छु’ भन्यो । ‘बोलाऊ न त‚ म तिमीलाई पनि लिएर जाउँला ।’ मैले यति भनेपछि उसले मेरै मोबाइलबाट ट्याक्सीवाला पञ्जाबीलाई क्यासलाइन अगाडि आउन भन्यो । तर ट्याक्सीवालाले उसलाई सोलोमस स्क्वायरभन्दा उत्तरपट्टिको ‘पेरिप्तेरो’ (चौबीसै घन्टा खुला रहने पसल) अगाडि आउन भनेछ । शेखरले ‘आन्टी त्यहाँ गएर उभिनुस् म बसमा जाम्चु’ भन्यो । मैले नै कर गरेर उसलाई आफ्नो साथ लगाएँ । ट्याक्सीमा बसिसकेर पनि शेखर‚ ‘आन्टीले बेकार दुःख गर्नुभो म बसमा गैहाल्थें नि’ भन्दैथियो । तीजको दर खान भनेर म आफ्नो परम्परागत मगर पहिरन गुन्यु‚ चोली र घलेकमा सजिएर टीजीआई फ्राइडे पुगेकी थिएँ । मेरो सुन्दरता र परिहनको खुबै प्रशंसा गर्यो उसले ।
ओडियासले मलाई पनि भएका लुगा फुकालेर नाङ्गै हिँडम् भन्ने प्रस्ताव गर्यो । मलाई भाउन्न छुट्यो । म केही नबोली फनक्क फर्किएँ । लाचार भएर ऊ पनि ‘सिग्नोमी (माफ गर)’ भन्दै मेरा पछि लाग्यो !
बाटाभरी शेखरले विद्यार्थी भिसामा साइप्रस आउने नेपाली केटाहरूका दुःखका कथा सुनायो । मेरो हृदय दयाले भरियो । ओडियास काम विशेषले ग्रिसको थेसलोनिके शहर गएको थियो । त्यसैले मैले उसलाई आफू काम गर्ने घरमा लिएर गए पनि कुनै समस्या थिएन । एक छाक भए पनि मिठो मसिनो खाओस् न त भनेर मैले उसलाई आफ्नामा लिएर गएँ । पहिले त उसले नाइँनास्ती गरेजस्तो गर्यो तर पछि ‘हुन्छ’ भन्यो । बाटामा ट्याक्सी रोक्न लगाएर मैले अलिकति सुङ्गुरको मासु किनें । घरमा नेपालबाटै मगाएको रायोको बीउ खुबै मिहिनेत गरी फलाएकी थिएँ, त्यसमै सुङ्गुरको मासु मिसाएर पकाइ खुवाउँछु भन्ने मनमा आयो । मैले गुन्द्रुक र भटमास पनि साँधेँ र मासमुसुरोको दाल मिसाएर पकाएँ अनि रायोको सागमा सुङ्गुरको मासु मिसाएको परिकार त छँदै थियो । मसिनो चामलको भातसित त्यो परिकार शेखरले खुबै मिठो मानेर खायो र भन्यो‚ ‘आन्टी‚ हामी त बङ्गलादेशीको पसलबाट १८ युरोमा २० केजी आउने कनिका चामल किनेर खान्छौं सस्तो पर्छ भनेर, तर त्यो गिलो भात मलाई मनै पर्दैन ।’ केहीबेर कुरा गरेर शेखर उसको फ्ल्याटमा गयो । म बस्ने ठाउँबाट पाँचसात मिनेटकै दूरीमा रहेछ ऊ बस्ने फ्ल्याट ।
थेसलोनिकेबाट फर्केर ओडियासले मलाई यस वर्ष पनि पिसौरी बिच लैजाने भयो । यी वर्षहरूमा उसले मलाई साइप्रसका सबै प्रख्यात बिचहरूमा घुमाइसकेको थियो । अगस्टको ज्यानमारा गर्मी छल्न एकदिन भए पनि पिसौरी जान पाइने भयो भनेर म मख्ख परें र हतपत्त यो कुरा शेखरलाई सुनाएँ । अस्ति नै छुट्टिनेबेलामा उसले र मैले फेसबूक आइडी र मोबाइल नम्बर साटासाट गरिसकेका थियौँ । उसले‚ ‘साँझ फर्केर बिचमा मस्ती गरेका फोटाहरू इनबस्क गर्नु है आन्टी ।’ भन्यो र‚ ‘कोसित जान लागेको’ भनेर पनि सोधिहाल्यो । मैले साथीहरूसित भनेर ढाँटें ।
लिमासोल र पाफोस शहरको ठीक्क बीच्चतिर पर्ने पिसौरी बिचमा मानिसहरूको यति घुइँचो थियो कि एकले अर्कालाई धक्याउँदै हिँड्नुपर्ने । यतिका वर्ष भइसके बिचमा आउन थालेको तर हरेकचोटि नाङ्गेभुतुङ्गे मानिसहरू देखेर तीनछक्क परेर मुख छोप्नु मेरो विशेषता नै भइसक्यो । मेरो यही व्यवहार ओडियासलाई मनपर्छ सायद र ऊ मलाई जिस्काउँछ । भ्यागुतो फुलेजस्ता भुँडीमा टुपिस लगाएका आइमाईहरू देखेर मलाई हाँसोभन्दा ज्यादा केही उठ्दैन । यस्ता लुगा लगाउने पनि त एउटा उमेर हुँदो रहेछ नि ! त्यसमाथि आमाबाउ र हुर्केका छोराछोरी यसरी झन्डै नाङ्गिएर समुद्रमा डुलेको कति मन पर्देन मलाई । मैले मन नपराएर के नै हुन्छ र ? यहाँ यस्तै संस्कृति छ क्यारे ! ओडियास मलाई भिडभन्दा परपर पूर्वैपूर्व हिँडौं भन्छ । समुद्र छेउको नौनीजस्तै कोमल बालुवामा नाङ्गो खुट्टा हिँडिरहँदा म रत्नेचौरको मेरो गाउँमा भीरपाखा गर्दाताकाका दिनहरू सम्झिरहन्छु । तर त्यसमै हराउने फुर्सत मलाई कहाँ छ र ? म त आज ओडियासलाई समुद्रकिनारको मस्ती दिन आएकी । मैले आफ्ना लागिभन्दा उसका लागि सोच्नु छ । ऊ मलाई निकै पर लैजान्छ । मानिसहरूको भिड पातलिन्छ । एउटा पहरोजस्तो ढुङ्गो चढेर ओडियास मलाई पारि जाऊँ भन्छ जहाँबाट समुद्र कोखे परेर भित्र पसेको छ र नुनिला चट्टानहरू माथिमाथि निकै अग्लो पर्दे गएका छन् । म त हिमालकी छोरी, झिमिक्क नगर्दै पहरोको माथि पुगिसक्छु तर बिचरो ओडियास तल फेदैमा बामे सर्दै हुन्छ र म फेरि तल ओर्लिन्छु र उसलाई माथि उक्लिन सहायता गर्छु । प्रशंसामा ऊ भन्छ- ‘तँ त एभरेस्टकी छोरी, तँलाई त यी साना थुम्का थुम्की के नै लाग्दा हुन् र ?’ प्रतिउत्तरमा म हाँसिदिन्छु मात्रै दमले फुलेको ओडियासलाई सम्हाल्दै ।
मेरी आम्मै ! पहरो पारी त बिचित्र रैछ । देखेजति सबै सर्वाङ्ग नाङ्गा । म लाजले मुख छोप्छु र फर्किन भनेर पछाडि दगुर्छु । ओडियास भन्छ- ‘तँ फर्किस् भने म एक्लै पहरो काट्न सक्दिनँ । नदेख्नु देखिसकिस् अझै परतिर जाम, यहाँ अरु केके देख्न पाइन्छ ।’
म्याग्दीको अनकन्टारमा जन्मिएकी म बिचरीलाई मानव यौनिकताको वर्गीकरण गर्न कसरी आउँछ र तर पनि त्यहाँको विकृति देखेका आधारमा भन्छु मैले त्यहाँ होमोसेक्सुअल‚ बाइसेक्सुअल अनि हेटेरोसेक्सुअल सबैखाले मानिसहरूलाई देखेँ; खुला यौनचारमा रत भएका । कोही रमिते‚ कोही रतिक्रियामा मस्त । तर कसैलाई भने यी सबै उदेकलाग्दा दृष्यहरूले नछोएजस्तो सर्वाङ्ग नाङ्गिएर लमतन्त अजिङ्गर पसारिएजस्तो बालुवामा पस्रिएर आकास हेरिरहेका अनि कोहीचाहिँ नाङ्गो ढाडमा ब्यागप्याक बोकेर हातमा जुत्ता हल्लाउँदै हिँडिरहेका; आसपासको त्यो विकृतिलाई नदेखेझैं गरी । ओडियासले मलाई पनि भएका लुगा फुकालेर नाङ्गै हिँडम् भन्ने प्रस्ताव गर्यो । मलाई भाउन्न छुट्यो । म केही नबोली फनक्क फर्किएँ । लाचार भएर ऊ पनि ‘सिग्नोमी (माफ गर)’ भन्दै मेरा पछि लाग्यो । त्यस रातभरि मलाई उही पिसौरी बिचको पहरोपारिको दृष्यले झस्काइरह्यो । भूत लागेजस्तो भयो । ‘यस्तो पनि हुनी रै’छ ?’ भन्ने कुराले म एकदमै बेचैन भएँ र ‘मलाई समुद्रको मनुवा लागेको हो कि एउटा भाले देउरालीलाई चढाइदिनू’ भनी घरमा खबर गरें । रातैभरि झसङ्ग झसङ्ग भइरह्यो । शेखरले फोटा हाल्नुस् कि हाल्नुस् भनेर हैरान खेलायो । पोहरपोहरका फोटा पठाइदिएर उसको चित्त बुझाएँ ।
अचेल डम्बरे दुबईमा काम गर्छ । दुबईमा पनि उसले अर्कै स्वास्नी राखेको छ अरे । मैले त पत्याएकी थिइनँ । एकदिन सौताले रूँदै र हारगुहार माग्दै फोन गरेकी थिई त्यसपछि त पत्याउनै पर्यो । ‘तँ ममाथि सौता पस्न आउँदा यो सोचिनस्’ भनी मुखभरीको गाली दिन मन लागेको थियो । तर, मैले केही भनिनँ बरु रोइदिएँ ऊसितै । ‘कमाउन सकेछु भने तँलाई पनि हेरूँला । मेरा अल्लारे छोराछोरीहरू बिचल्लीमा परे । तँ पनि आखिर कान्छीआमा भए पनि आमै होस् । तिनीहरूलाई बिग्रिन नदिएस् । सकेको म हेरूँला’ भनेर सौतालाई सान्त्वना दिएँ । र फेरि हामी सौतासौता मुटु फुट्ने गरी सँगै रोयौं । यो नियतिको कस्तो खटन हो जसको हेला सहन नसकेर म‚ ‘यसको मुख जिन्दगीमा हेर्नुनपरोस्’ भनेर विदेश भासिएकी थिएँ । आज उसैले मसित सहायताको भीख मागिरहेकी थिइ । डम्बरे अब म र मेरी सौता दुवैको साझा शत्रु भएको थियो ।
पोहरपोहर बिचतिर जाँदा ममात्रै होइन रहिछु ओडियासहरूकी रूपमती‚ यहाँ हाउसमेड भिसामा आउने हजारौं दक्षिण एशियाली नारीहरूले ओडियासजस्ता बाबुबाजेको उमेरका पिपासुहरूको रूपमती बनिदिनुपर्ने बाध्यता रहेछ भनेर चित्त बुझाउँथें । तर यसपालि त मैले खुला यौनको एउटा विभत्स अराजकता देखें । जे देखेँ त्यसबाट बाहिर निस्कन मलाई धेरै समय लाग्यो । तर यही बीचमा शेखरसित मेरो निकटता नजानिँदो तरिकाले बढिरहेको थियो । ऊ अब मसित यति खुल्न थालेको थियो कि आन्टीबाट ‘सुड्डी आन्टी’ को सम्बोधनमा ओर्लिएको थियो । खर्च छैन भन्थ्यो र म उसलाई पकेटमनी दिन पाउँदा आनन्द मान्थें । उसमा सायद आफ्नै छोराको रूप देख्थेँ र मगरको वीर्य नहुँदो हो त मेरा छोराका पनि अहिलेसम्म यस्तै दारीजुँगा पलाइसक्थे होला भनी सोच्थेँ । ओडियास आउनेबाहेकका दिनहरूमा शेखरलाई मेरोमा आउन मैले स्वतन्त्र छोडिदिएकी थिएँ । ऊ अनेक बहानामा मसित टाँस्सिन र छुन खोज्थ्यो । “तिमी त बच्चा हौ बाबु‚ आन्टीसँग पनि यस्तो गर्छन्” भन्दै म उसलाई झड्कारेर धकेल्थेँ । एकदिन बिरामी परेको बहाना पारेर ऊ मेरै छाप्रोमा सुत्न खोज्यो । मैले स्वाभाविक रूपमा लिएँ र उसको सक्दो सेवा गरेँ । आफूभन्दा १७ वर्ष कान्छो अनि मेरो छोराभन्दा मात्रै तीनचार वर्षले जेठो ठिटोले ममाथि पुरुषत्वको झन्डा गाड्यो त्यस रात र यसरी म शेखर चुडालकी पनि रूपमती बनेँ । के म पनि आफूले देखे सुनेका दिदीबहिनीहरूकै पथ पछ्याइरहेकी थिएँ त ? आफ्नो सुगरड्याडीबाट युरो झार्ने र आफ्नो ब्वाइफ्रेन्ड भनाउँदो अन्य कुनै पञ्जाबी‚ पाकिस्तानी वा नेपाली केटाको खाँचो पूरा गरिदिने ? म अरु नेपाली दिदीबहिनीले यसरी नाठो राखेको बारेमा सुन्थेँ र जिब्रो टोक्थेँ तर आज यो रूपमती पनि त्यही पतनको खाँडलमा भासिएकी थिई ।
०००
म रूपमती बन्ने पथमा त्यही दिनदेखि हिँडेकी रहिछु, जुनदिन मेरा बाध्यताले मलाई पासपोर्ट बनाउने चक्करमा सदरमुकाम बेनीबजारतिर धकेलेको थियो । परिचय किन खोलुँ र त्यस राक्षसको‚ मेरो कथाका लेखकलाई बाचा खुवाएकी छु त्यसलाई नचिनाऊ है भनी, नजिकको आफन्त हो । त्यही पिपासुले मलाई‚ ‘यसरी दुःख नकाट कान्छी बरु साइप्रस जाऊ । तिमीलाई छोराछोरी हुर्काउन सजिलो होला । जेठाले पनि अर्कै घरबार गरेर तिमीलाई बिचल्लीमा पार्यो । धेरै खर्च लाग्दैन । मात्र तीन चार लाखको कुरा हो ।’ भनी फकायो । फुपू अर्थात् सासुले पनि सहमति दिइन् र म पासपोर्ट बनाउन उसैका साथ लागी बेनीबजार झरेँ । अड्डाको काम त सबेरै सकिएको हो तर बजारमा कताकता के-के काम छ भनेर त्यसले मलाई दिनभरि घुमाइरह्यो । उसै त वर्षौंदेखि लोग्नेले नहेर्ने हुनाले मैले कोही लोग्ने मानिससित बोल्यो की घरकाले बात लगाउन सुरु गरिहाल्थे । धन्न फुपूले छोपेकी थिइन् र म टिकेकी थिएँ त्यस घरमा । अब भोलि घर पुग्दा मैले के-के सुन्नुपर्नी हो म ढुकढुक थिएँ । तर जे नहोस् भन्ने मेरो मनले प्रार्थना गरेको थियो त्यही ममाथि घट्न पुग्यो । त्यसले होटलमा राति बास बसालेर मेरो अस्मिता लुट्यो । लाजै नमानी‚ ‘जेठाले तिमीलाई नहेरेको वर्षौं भइसक्यो । कति मनका इच्छा मारेर बस्छ्यौ ?’ भन्दै ममाथि जाइलाग्यो । हल्ला गरे बेइजत होला भन्ने डरले म चुप रहन बाध्य भएँ । म घर नपुग्दै ममाथि प्रहार गर्न मेरा घरका मान्छेहरू तम्तैयार थिए । सबैभन्दा पहिले मेरी सौता जुरुकजुरुक फरिया उचाल्दै कराउन आइपुगी । तर त्यस दिन पनि मेरी फुपू देवी बनेर प्रकट भइन् र म उठिबास लाग्नबाट जोगिएँ । अहिले पनि म सोच्छु संसारमा धेरै नारी छन् तर मेरी फुपूजस्ती कोइ छैनन् ।
म साइप्रस आउन बाध्यतामा यही कारणले परेँ । जब मौसमले तीन वर्ष टेकेको थियो अनि म बीसमा हिँड्दै थिएँ । मौसमको बाउ मलेसियाबाट फर्किआयो र अर्की स्वास्नी घरमा हुल्यो । उतै छँदा फेसबूकमा चिनजान भएको अरे । नखरमाउली घरमा स्वास्नी छ भन्ने थाहा हुँदाहुँदै कसरी सौता पस्ने आँट गरेकी होली । माइतीलाई हारगुहार गरेँ तर मेरा माइती कमजोर थिए । फुपू अर्थात् मेरो लोग्नेकी आमाले‚ ‘भैगो कान्छी माफ गरिदे । तँ मेरा दाइकी छोरी अनि घरकी जेठी बुहारी म तँलाई हेला हुन दिन्नँ’ भनी अनेक तरहले सम्झाइबुझाइ गरिन् । बाले पनि‚ ‘मुद्दा मामिलामा जान हुन्न आफ्नै भान्जा त हो तँलाई हेला हुन किन दिम्ला र’ भने । म बिचरीको के लाग्थ्यो र । आँसु पिउँदै मैले सौताको अस्तित्व स्वीकार गरेँ ।
मेरो अस्तित्वको क्षयीकरण त्यही बिन्दुबाट शुरु भयो ।
सौता भित्रिएपछि मेरो स्थापित मान्यतामा ठूल्ठूला भूइँचालाहरू दिनैपिच्छे आउन थाले । बालाई भनेँ- ‘म माइतै बस्छु ।’ बाले भने‚ ‘तँ भान्जाकी सम्पत्ति होस् । यसरी माइत बसे बहिनीले के भन्छे ?’ यसै नहुनी उसै नहुनी फुपूलाई भनेँ‚ ‘कि मलाई मानाचामल दिएर अलग्याइदेऊ होइन भने छोरो र म यही म्याग्दी खोलामा हाम फालेर मर्दिन्छम् ।’ फुपूले मलाई बुझिन् । मौसमका बाको भागमा पर्ने हिस्साबाट हामी आमा छोरालाई भाग छुट्याइदिइन् पञ्च राखेर र हामी आमाछोरा त्यही बारीको ढिकमा बस्न थालिम् ।
कान्छी ल्याए पनि जेठी स्वास्नी भोग्ने इच्छा किन मर्थ्यो र लोग्नेको । जतिवटी स्वास्नी मानिसलाई ओछ्यान बनाए पनि यी लोग्ने मानिसहरूको भोग्ने लालसा मर्दैन कि क्या हो ? मायाको नाउँमा मलाई म पनि नगर्ने मेरो लोग्ने दुई तीन दिन बिराएर मलाई बलात्कार गर्न आइरहन्थ्यो । जब ऊ नकच्चरो अनुहार लगाएर कान्छीकहाँ पुग्थ्यो कान्छीले वाकबाण बजार्थी र फेरि लाज पचाएर कान्छीसँग सुत्थ्यो । यसरी नै उसले मलाई गर्भवती बनाइछोड्यो र आफू उड्यो फेरि मलेसियातिर । ऊ मलाई पटक्कै माया गर्दैनथ्यो । मन नपर्ने स्वास्नीले जन्माएकी छोराको पनि किन माया गर्थ्यो र मौसमलाई पनि मतलब गरेन । मैले छोरी जन्माएँ । पछि सौताले पनि छोराछोरी जन्माएपछि त हामीलाई पूरै बेवास्ता गर्यो । मैले तिनै दुई छोराछोरीको लालनपालन र मेलापातमा आफूलाई व्यस्त राखें र मेरो पनि लोग्ने थियो भन्ने कुरालाई भुल्ने कोसिस गरें ।
छोराछोरी हुर्कँदै गए । गाउँको स्वरूप फेरियो । मानिसका इच्छा आकांक्षाहरू बदलिए । नौलो मान्छे आयो भने आइमाई र केटाकेटी मात्रै हो र तन्नेरीहरूसमेत घरभित्र लुक्ने मेरो गाउँको रूप पनि कालक्रमले फेरियो । मेरै गाउँका कैयन् दिदी बहिनीहरू दुबई‚ कतार‚ इजरायल हुँदै साइप्रससम्म कामका लागि पुगे र लोग्नेमानिसहरूलाई कमाइजमाइमा टक्कर दिनथाले । उसो त हामी मगरहरूको धेरै मात्रामा मातृप्रधान संस्कृति छ । त्यसो नहुँदो हो त मेरो लोग्ने भनाउँदो डम्बरेको ज्यादतीबाट मेरी फुपूले मलाई कसरी रोक्न सक्दिहुन् र ? त्यसले त मलाई कतिचोटी बात लगायो लगायो र मोसो दलेर गाउँभरि डुलाउने धम्की दियो । भर, मेरो घरजहानमा मेरी फुपूको बोलबाला थियो अनि उनले त्यस पातकी डम्बरेको बहुलठ्ठीलाई कहिल्यै साथ दिइनन् र मलाई ती दीनहरू भोग्नुपरेन; सौताले जति फरिया उचाले पनि ।
छोराछोरीलाई मैले बोर्डिङ्ग स्कूलमा राख्नुपर्ने बाध्यता आइलाग्यो । सौताले छोराछोरी बोर्डिङ्ग हालेपछि के मैले मात्रै सरकारी स्कूल हाल्नु त ? छोराछोरी हुर्किसकेका थिए मैले तीसै कटेकी थिइनँ । एकमनले भन्थ्यो डम्बरेले अर्की ल्याएर त केही भएन भने मैले अर्को घरबार गर्दा के हुन्छ र ? फुपू छँदैछिन्‚ आखिर नातिनातिनी तिनका पनि हुन् क्यारे‚ म पोइल गएँ भने तिनले हेरिहाल्छिन् । हाम्रो संस्कृतिमा यसरी अर्को घरबार जोड्नु धेरै नौलो कुरा पनि थिएन । अनि फुपूले ‘तेरो मनले खाको‚ तँलाई बुझ्ने कोही छ भने तेरो मनको सुर गर् कान्छी । नातिनातिनीको चिन्ता नगर’ त भनेकै हुन् तर मलाई खै किन किन कसैकी स्वास्नी बनेर फेरि कसैका अधिनमा बस्ने रहर त्यसैत्यसै मरेर गयो । डम्बरेले मलाई वास्ता गर्दैन भन्ने जानेर म जता गयो उतै सिनो कुरेर बसेका गिद्धजस्ता लोग्नेमानिसहरूले फकाएकै हुन् । तिनीहरू कसैका आँखामा मैले मेराप्रतिको प्रेम अनुभूत गरिनँ बरू सबैका आँखाले मलाई भोग गर्ने लालसा देखाइरहेका हुन्थे । यसैले पनि मलाई फेरि कसैकी स्वास्नी हुने रहरभित्रैदेखि जागेन ।
संसार बदलिएजस्तै मेरो गाउँ पनि बदलियो । मानिसका आवश्यकता र आकांक्षाको सगरमाथा चुलिँदो थियो । मेरै पनि छोराछोरी हुर्केपछि तोकेको खर्चले पुग्न छोड्यो । के गर्ने होला ? म सुस्केरा हाल्थें । यस्तै दिन देखेर होला सायद फुपूले मलाई‚ ‘जान्छेस् भने जा । तेरा छोराछोरीको चिन्ता नगर, म बाँचुन्जेल म स्याहारूँला ।’ भनिन् र मैले साइप्रस उड्न बल पाएँ ।
दुई महिना कुरेपछि पासपोर्ट लिन जानुपर्छ भन्दै उही लालची मलाई सदरमुकाम जाऊँ भन्न आयो । एकचोटी पल्किसकेको झिल्के किन छोड्थ्यो र ? म फेरि दोस्रोचोटी उसकी रूपमती बनेँ ।
म उही मलाई भ्रष्ट पारी रूपमती बन्ने पथमा डोर्याउने आफन्त (अब किन आफन्त भनिरहुँ र त्यो त दलाल हो) ले हामीलाई यस मुलुकमा बँधुवा मजदुर बनाउन बेच्ने । हो त्यही दलालको साथ लागेर काठमाण्डु गुडेँ‚ पासपोर्ट उसले पहिल्यै मबाट लिइसकेको थियो । ‘तिम्रो भिसा आयो अब साइप्रस उड्नुपर्यो’ भनेर मलाई काठमाण्डु हिँडायो । छोराछोरीको जिम्मा फुपूले लिइन् । कलिला छोराछोरी छाडेर यता हिँड्ने बेलामा मेरो मनभित्र जे बित्यो, मेरी फुपू कसरी रोइन्, म कसरी रोएँ भनेर त्यस समयको चित्रण यहाँ गर्दा सबैले ओठ लेप्र्याउनेछन् । किनकि म त रूपमती बनिसकें; एउटी खराब आमा । यो अनुदार समाजले ठहर्याएकी एउटी खराब आमाबाट सन्तानको मायाले रुने हक पनि खोसिने रहेछ यहाँ । र त्यही समाजका साक्षी पाठकसँग बिचरीको भीख मागिरहेकी छैन म । म रूपमती हुँ र तपाईंहरू मेरो यही रूपलाई बुझ्नुस् र गालीको वर्षा गर्नुस्‚ म सन्तोक मानुँला । मलाई बरु कसैले कठै भनेर टिठ्यायो भने मन दुख्छ ।
यो कथाकार भनाउँदोलाई आफ्नो जिन्दगीको नसुल्झेको गुथ्थो फुकाइरहँदा मलाई आज साह्रै झिँझो लाग्यो । मैले बिर्सिसकेको अनि मेरो हुन नसकेको लोग्नेका बारेमा सोधेर लेखकले मेरो हुन सम्मन् चित्त दुखायो । तर म त यस लेखकसँग मन्त्रिएको भेडीजस्ती भइसकेकी छु । ‘भैगो लेखक‚ छोदिदेऊ’ भन्दा नि मलाई रुवाइरुवाइ उसले मौसमको बाबुले अचेल मलाई दिने पीडाहरू बकाइछोड्यो ।
अचेल डम्बरे दुबईमा काम गर्छ । दुबईमा पनि उसले अर्कै स्वास्नी राखेको छ अरे । मैले त पत्याएकी थिइनँ । एकदिन सौताले रूँदै र हारगुहार माग्दै फोन गरेकी थिई त्यसपछि त पत्याउनै पर्यो । ‘तँ ममाथि सौता पस्न आउँदा यो सोचिनस्’ भनी मुखभरीको गाली दिन मन लागेको थियो ।तर, मैले केही भनिनँ बरु रोइदिएँ ऊसितै । ‘कमाउन सकेछु भने तँलाई पनि हेरूँला । सासु अर्थात् फुपू मरिहालिन् । मेरा अल्लारे छोराछोरीहरू बिचल्लीमा परे । तँ पनि आखिर कान्छीआमा भए पनि आमै होस् । तिनीहरूलाई बिग्रिन नदिएस् । सकेको म हेरूँला’ भनेर सौतालाई सान्त्वना दिएँ । र फेरि हामी सौतासौता मुटु फुट्ने गरी सँगै रोयौं । यो नियतिको कस्तो खटन हो जसको हेला सहन नसकेर म‚ ‘यसको मुख जिन्दगीमा हेर्नुनपरोस्’ भनेर विदेश भासिएकी थिएँ । आज उसैले मसित सहायताको भीख मागिरहेकी थिइ । डम्बरे अब म र मेरी सौता दुवैको साझा शत्रु भएको थियो ।
मलाई यति सम्मनका हन्डर र ठक्कर खान बाध्य पारेर पनि डम्बरे ममाथि आफ्नो हक जताउन छोड्दैन । दुबईमा अर्कैकी स्वास्नीलाई स्वास्नी बनाएर बसेको छ ऊ । स्वास्नी नै भनेर किन राख्नुपर्ने रहेछ र यहाँ विदेशमा त । जे होस् रोजगारीमा दुबई पुगेकी कुनै आइमाईसँग जोइपोइजसरी सँगै बस्छ । अर्की भेटेपछि घरकी कान्छी र ऊबाट जन्मेका छोराछोरीलाई पनि हेला गर्न थालेको छ । अनेक अनेक फेक आइडी बनाउँछ र मेरो चरित्रको परीक्षा लिन्छ । साइप्रसका दुःखसुखले मलाई सिकाइसकेका छन् । जतिसुकै आइडी फेरेर अनि त्यसका साथी सङ्गतिलाई लगाएर मसित मेराभित्री कुरा खोतल्ने उद्योग गरे पनि त्यो डम्बरे नै हो भनी म खुट्याउछु र बघिनीसरी गर्जिन्छु र पनि ऊ हार मान्दैन‚ ‘त्यहाँ अनेक मोजमस्ती गरेर मसित सती सावित्री पल्टिन्छेस् । तिमीहरुको हैसियत हामीलाई था छैन र’ भनी तुस् मेट्छ । भन्न त मलाई पनि कति हो कति थोक मन लागेको हुन्छ । तर, ‘म तँजस्ती होइन । केही परिबन्दमा परेकी रै’छु भने पनि त्यसको पहिलो कारक तैँ होस् । तैंले पनि त्यस्तै कोही एउटी आइमाइलाई आफ्नी पियारी बनाई राखेको छस् अरे । कम्तिमा त्यसको सम्मानका निम्ति पनि तैंले मलाई गाली गर्न सक्दैनस् ।’ भन्छु तर ऊ मलाई अत्यन्त तुच्छ गाली गर्छ र म कुराकानी बन्द गरेर सिरकमा मुख छोपेर रुन्छु ।
यता शेखरको अतिसय यौन आसक्तिलाई म बुझ्न सक्दिनँ । न त यो ओडियासको आकर्षणलाई नै बुझ्न सक्छु । ओडियास बूढोले जति मेरो शोषण गरे तापनि मेरो व्यक्तित्व र मेरा इच्छाहरूको सम्मान गर्छ । उसले मलाई आजसम्म एकबचन पनि दुर्वाच्य बोलेको छैन । तर यो शेखर‚ यसले मलाई एक यौन प्यास मेटाउने साधनभन्दा बढ्ता कहिल्यै देखेन । ममाथि विजय पाएको पहिलो रात नै उसले मलाई तथानाम उपमा दियो । मलाई कति नरमाइलो लाग्यो लाग्यो त्यो कुरा कसरी व्यक्त गरूँ यहाँ ? त्यसबेला मलाई यस्तो दुःख लाग्यो कि, त्यस्तो दुःख त बरु मलाई डम्बरेले अर्की स्वास्नी ल्याउँदा पनि लागेको थिएन होला ।
मैले उसलाई जोखिम मोलेर आफ्नो छाप्रोमा बास दिएकी थिएँ । देख्दा पो छाप्रो थियो त्यो । तर त्यहाँभित्र शेखरले जीवनमै भोग्न नपाएको सुखसुविधाका सामग्री ओडियासले मलाई जुटाइदिएको थियो । ओडियास यति मनकारी थियो कि मलाई एयरकन्डिसनमा बस्ने सुविधा पनि थियो । त्यही छाप्रोमा बिरामी भएको शेखरलाई मैले आतिथ्य दिएकी थिएँ । उसको सुश्रुशा गरेकी थिएँ तर त्यस उरन्ठेउलाले त्यस कुराको सम्मान गर्न जानेन । मलाई आफ्नो ओछ्यान त बनायो बनायो । तर, त्यस कुराको आदर गर्न झनै जानेन । त्यसमाथि ऊभित्रको वासना बेला न कुबेला जागिरहन्छ । म यायालाई सेवा गर्न बसेको बेलामा ऊ मलाई कल वा म्यासेज गर्छ र सिधै छाडा शब्दमा उसको चाहना जनाउँछ र अहिल्यै आउँछु भन्छ । मैले इन्कार गरेँ भने ‘सुड्डी‚ ज्यादा भोलिभोलि बन्ने होइन । म पाँच मिनेटमा त्यहाँ आएर मिस कल गर्छु, ढोका खोलिनस् भने तँलाई जान्या छु’ भन्छ । म यायासित टाउको दुखेको बहाना गरेर उनलाई छोडेर आउनुपर्छ र चुपचाप उसको ओछ्यान बनिदिनुपर्छ । कहाँबाट के-के हेरेर आएको हुन्छ कुन्नी‚ क्रिडाका बखत यस्ता वाक्वाकी छुट्ने काम गर्न लगाउँछ कि म भन्नै सक्दिनँ ।
उसको यस्तै बेहोराले अचेल मलाई आइतबारे छुट्टिमा पनि लिद्रातिर जान मन लाग्न छोडिसक्यो । बेकामे मोराहरू सबै सोलोमस बस टर्मिनलतिरै क्यान बियर समाएर ढुकिबसेका हुन्छन् । शेखर नाउँ गरेको मेरो जीवनको धब्बाले मेराबारेमा चारैतिर प्रचार गरिसकेको छ । अस्ति त लिफ्थेरिया स्क्वायरबाट माथि म्युनिसिपल हलतिर जाँदैगर्दा एकजना केटाले लाजै नमानेर‚ ‘आफू त शेखरकी सुड्डी हो रे नि । हाम्लाई पनि चान्स मिल्थ्यो कि कहिलेकाहीँ ?’ भन्यो । जुत्ता फुकालेर‚ ‘ला तँलाई यही हो चान्स’ भनेर मुखैमुखमा बजाइदिम् जस्तो लागेको थियो । साथमा खीलकुमारी थिई‚ बाजा लागे आफ्नै बेइज्जत होला भन्ने पिर; सुन्या नसुनेझैं गरेर हिँड्यौँ । ऊ अनेक अश्लिल फलाक्दै थियो अनि उसको साथमा भएकाहरू अट्हास गरेर हाँस्दै थिए । मैले कान थुनेँ र माकारियोस स्ट्रिटतिर भागेँ ।
मलाई भयङ्कर बाधा दियो यो उरन्ठेउलाले । मैले सहँदै आएको हो तर अब धैर्यको बाँध टुट्यो । कल गरेर भक्कुमार गाली गरें । ऊ आफ्नो दोष किन पो देख्थ्यो र‚ ‘तैँ त हो नि मलाई पल्काउनी’ भन्यो सिधै ।
थुइक्क बज्या‚ म असहाय बन्छु र कराउँछु‚ “तैँ भिखारीको औलादले खान पाइनँ‚ काम पाइनँ भनिस् र एकछाक भए नि खाएर मरोस्‚ गति परोस् भनेर लिएर गएँ‚ तर मैले भुल गरिछु ।
‘मलाई ज्यादा कुरा थाहा छैन । अचेल मेरो गर्लफ्रेन्डको पनि काम छैन । खुरूक्क भोलि पचास युरो मलाई दिनी‚ होइन भने मैले जान्या छु’‚ भनेर ऊ फोन डिसकनेक्ट गरदिन्छ ।
‘थुइक्क‚ यसकी अझै अर्की पनि गर्लफ्रेन्ड छ ? मुसाले जस्तो कतिवटी स्वास्नी भेला गर्छ यो तीखे बाहुन ? लिद्राहुँदो गएर दिनैभरि बियरमात्रै पिइबस्दा ज्यान सुकेर बाँसको भाटासरि भइसक्यो । यस्तालाई पत्याउने गर्लफ्रेन्ड कस्ती हुन्छे ? मैजस्ती ?’
मेरो अस्थिर मनोदशासित मेरी याया परिचित छिन् जस्तो लाग्छ । सोधिरहन्छिन्‚ ‘गोरीमु तँलाई के भयो ?’ घरव्यवहारका दुःख देखाउँछु । शेखर नाउँ गरेको ग्रहण लागेको छ । तेरो छोरा ओडियासले मेरो यो चाल थाहा पायो भने मेरो के दुर्गति पार्ला भनेर कसरी भनुँ यो वयोवृद्ध आमैलाई ।
यस काण्डपछि मलाई साइप्रसमा बस्ने नेपाली ब्वाँसा केटाहरूका फेक रियल अनेकथरि आइडीबाट भद्दा शब्दले सम्बोधन गरिएका सन्देशहरू आइरहन्छन् । तर एउटा बिन्दुमा पुगेपछि मानिसलाई चोट दिने उही कुरा पनि सामान्य लाग्दो रहेछ ।
भोलिपल्टै शेखरले मलाई भन्यो- ‘पचास युरो दे ।’ मैले पनि‚ ‘दिन्नँ जे गर्छस् गर !’ भनेर अड्डी कसेँ । ल कुरा गर् भनेर उसले अर्कैलाई फोन थमाइदियो । आवाज कोही अपरिचित केटीको थियो । सुरुमा त उसले‚ ‘दिदी‚ हामी विद्यार्थी भिसामा आएका केटाकेटी‚ काम नपाएर तनाव छ । सापटी भए नि दिनुस्’ भनेर राम्रै कुरा गरी । तर जब मैले इन्कार गरेँ अनि एक्कासी भड्किई‚ ‘साला मगरनी‚ कलिला कलिला केटा रोजेर तेरो प्यास बुझाउनी अनि उनीहरूका खाँचोहरू पूरा नगरिदिनी ? तैंले मेरो ब्वाइफ्रेन्डलाई लालच देखाउँदै आफ्नो घरमा लगेर तेरो इच्छा पूरा गरेकी हैनस् ? खुरुक्क दिन्छेस् कि भन्डाफोर गरिदिऊँ ?’
यति त भइनै सक्यो अब के भन्डाफोर बाँकी छ र । कुन आँटले मैले भन्न सकेँ ‘नाइँ’ नत्र भने यसअघिसम्म शेखरले मलाई फकाएर होस् कि धम्क्याएर होस् मागेको रकम हात लाएरै छोडेको थियो ।
०००
यसको दुईचार दिनसम्म मलाई हाइसुक्ख भयो । जिन्दगीमा कहिल्यै भोग्न नपाएको शान्ति अनुभव गरेँ । तर मलाई थाहा थियो त्यो कुटिल केटो त्यतिकै चुप लाग्नेवाला छैन । कुनै न कुनै षड्यन्त्रको तानाबाना त्यसले मेराविरुद्ध बुनिरहेकै छ भनेर । तर पनि कम्तिमा एकसाता मैले शान्ति सुविस्तासित बस्न पाएँ । तर मेरा भाग्यमा कहाँ सुखचैन लेखिएको छ र; उताबाट एकदिन सौताले रुँदै र कहालिँदै फोन गरी ।
फोन काटिरह्यो काटिरह्यो । हजारचोटी कोसिस गरेपछि बल्लतल्ल उठायो र भन्यो- ‘साइप्रसमा कतिवटा नाठा खेलाऊनू पुगेको छैनन् र उतै समुद्रमा डुबेर मर्नू । मलाई तिम्रो मुख हेर्नु परेको छैन ।’
‘दिदी तिम्रा बारेमा डम्बरेले मौसमलाई के-के भनेर कान भरिदियो । आमा मेरा निम्ति मरिन् भन्दै गाउँगाउँ फलाक्दै हिँडेको छ । मैले सम्झाउने कोसिस गरेँ । उल्टै मलाई ‘तिमी सम्पै आइमाइहरू उस्तै हौ’ भन्यो । मलाई पनि असह्य भयो । ‘तेरो बाउ उस्तो कि हामी ? अर्काकी स्वास्नी च्यापेर विदेशमा कमाको जत्ति उडाउने उस्तो कि म घर सम्हालेर बस्ने ? कि तिमीहरूको सुखका निम्ति उति टाढा पुगेकी तेरी आमा ?’ भनेर हप्काएँ । उल्टै ममाथि जाइलाग्यो । ‘तिमी सप्पै उस्तै हौ । तिमीहरू उस्तै भएकाले मेरा बाउले दुईटी तीनटी स्वास्नी ल्याउनु परेको’ भन्दै हिड्यो । ‘बहिनीलाई पनि बेस्मारी कुटेछ ।’
मलाई भनन चक्कर छुट्यो । ‘के डम्बरेको रगतले मलाई त्यसै भनेको हो त ?’ पत्याउनै सकिनँ । उसलाई सम्पर्क गरेँ । फोन काटिरह्यो काटिरह्यो । हजारचोटी कोसिस गरेपछि बल्लतल्ल उठायो र भन्यो- ‘साइप्रसमा कतिवटा नाठा खेलाऊनू पुगेको छैनन् र उतै समुद्रमा डुबेर मर्नू । मलाई तिम्रो मुख हेर्नु परेको छैन ।’
बस् मलाई पुग्यो । डम्बरेले धोका दिए पनि त्यसको अंश त मसित छ भन्ने लागेको थियो । त्यसले पनि बिदा दियो मलाई । म बली हुनुको विकल्प थिएन । रुँदारुँदै मैले कति दिन यायाको स्याहारमा हेलचेक्र्याइँ गर्ने ? यस्तै पारा रहिरह्यो भने मलाई ओडियासले निकाल्न बेर छैन कामबाट । यस्तै मनमा गुनेर यायाको स्याहारमा लागिरहेँ । शेखरले दश बाह्र चोटी फोन गरेको रहेछ म्यासेन्जरमा‚ नउठेपछि मोबाइलमा कल गर्यो र भन्यो- ‘अस्ति अस्तिको लागि सरी सुड्डी । म आज आँउछु है ।’ सहिनसक्नु भएको थियो, मैले मुख छाडेर भनेँ- ‘साला गधा जा न तेरै गर्लफ्रेन्डसँग । मिल्थ्यो भने म तेरो खुन पिउथेँ ।’
फोन काटिदिएँर म काममा लागेँ । तर साँझको पाँचजति बजेको हुँदो हो फेरि फोन गरेको गर्यै गर्यो । ‘आज म यसलाई घाँटी निचोरेर मार्छु’ भन्दै फोन उठाएँ । ऊ त अझै निर्धक्क भएर भन्छ- ‘म गेट बाहिर छु ढोका खोल् ।’
गेट खोलिहेर्दा ऊ दुवै हातले कान समाएर उभिएको हुन्छ । किन गाईजात्रा देखाउनु भन्ने लागेर भित्र लान्छु । ऊ रोएको नाटक गर्छ । गर्लफ्रेन्डले छोडी भन्छ । के-के भन्छ भन्छ म त्यस बैगुनी बाहुनका कुराले बहकिन्छु । तर जे भए पनि म आज यसकी ओछ्यान बन्दिनँ भन्ने कुरामा दृढ हुन्छु र गैहाल्न भन्छु किनभने शनिबारको दिन ओडियास जतिबेला पनि आउनसक्थ्यो त्यसमाथि रात पर्नै लागेको थियो । ऊ रोएको अभिनय गर्दै मलाई ओछ्यानमा तान्नखोज्छ‚ म झट्कारेर फुत्किन्छु र याया बस्ने घरतिर लाग्छु । एकैछिनमा ऊ म्यासेज पठाउँछ‚ ‘म रात यही बस्छु मलाई पनि खानेकुरा लेराउनू ।’
म भन्न केही नसकी थुचुक्क बस्छु । बिचरी ! याया सकिनसकि ओछ्यानबाट उठेर ‘के भयो गोरीमु’ भन्छिन् । म चक्कर आयो भनी ढाँट्छु । ओडियास आउँछ र आज खास काम भएकोले गैहाल्ने कुरा बताउँछ । म एकदमै राहत अनुभव गर्छु । कम्तिमा ओडियास गैदियो मात्रै भने पनि म त्यस लुच्चो लफङ्गालाई स्कूपाले हानेर भए पनि लखेटी पठाउँछु । घिच्न नपाएको भए घिचेर जावोस् त्यो डाका । ओडियास घरबाट निक्लेपछि यायाले पनि मलाई‚ ‘जा अघि चक्कर लाग्यो भन्थिस् । अब आराम गर् । म पनि सुत्छु’ भन्छिन् । म तैयारी खानेकुरा बोकेर आफ्नो छाप्रोमा पस्छु ।
उ हाँग्राले पाँग्रा खाएसरी मैले लगेको खानेकुरा हसुर्छ । मलाई एक वचन खान्छेस् वा खाइस् कि खाइनस् भनेर पनि सोध्दैन । म आफ्ना लागि कफी बनाउँछु । त्यो पनि खोस्छ । म घर जा भन्छु । ऊ नजाने भनि अड्डी कस्छ । म हात तानेर घिच्याउँछु । मरन्च्याँसे भएर के गर्नु कति बलियो हो यो ? उल्टै मलाई खाटमा तान्छ । म ऊमाथि हुत्तिन्छु । मौका कुरेको गिद्धले मलाई जोडले अँठ्याउछ । यसअघिका रूपमतीमा रूपान्तरण हुँदाका बखत मैले आत्मप्रतिरोध गरे पनि शारीरिक प्रतिरोध त्यति जोडबलले गरेकी थिइनँ तर आज मेरो नारी स्वाभिमान जागेको थियो म भयङ्कर प्रतिकारमा उत्रिएँ र लात्ती मुड्की जता पायो त्यतै वर्षाउन थालें । ऊ मलाई फकाउने‚ गलाउने‚ तर्साउने सबै उपाय अपनाउन थाल्यो । मेरो केही सीप लागेन र म आत्मसमर्पण गर्न बाध्य भएँ । ऊ विजयी भावले ममाथि जङ्गली‚ असभ्य र अराजक पाराले हावी भयो ।
अचानक मूलद्वार खुलेको सुनेँ र तत्कालै कार भित्रिएको पनि ।
के ओडियास फेरि फर्किएको हो ?
गाडी भित्रिने बाहिरिने मूलद्वार स्वचालित हुनाले कसैले भित्रबाट खोल्नबन्द गर्न जानुपर्ने झन्झट थिएन । जब ओडियास आउँथ्यो कारबाटै रिमोट थिच्थ्यो र गेट आफैं खुल्थ्यो अनि बन्द हुन्थ्यो । हे भगवान्, यो के भएको हो ? मैले शेखरलाई आफूबाट हटाउने कोसिस गरेँ तर ऊ त उत्तेजनाको टुप्पोमा पुग्नै लागेको थियो । घड्याम्म ढोका खोलेर ओडियास मेरो छाप्रोभित्र पस्यो । शेखरलाई घर फिर्ता गर्ने कोसिसमा मैले ढोकामा चुक्कुलै लगाएकी रहिनछु अनि बत्ति निभाएकै थिएन । अब छोप्न र लुकाउन बाँकी केही थिएन ।
नकच्चरो शेखर दुइहातले लाज छोपेर बसेको थियो । मैले छेउको ब्ल्याङ्केट तानेर आफूलाई ढाकेँ । ग्रीक भाषामा ओडियासले ‘बहुत राम्रो’ भन्यो र शेखरतिर हेरेर‚ ‘किन रोकिइस् ? काम जारी राख्’ भन्यो अङ्ग्रेजीमा ।
र अन्तमा त्यो कालो शनिबारे रातको श्रृङ्खला पनि शुरु भएरै छाड्यो । हामी दुई रूपमतीले सँगै मिलेर शेखर र ओडियासलाई देहसुख प्रदान गर्यौँ र गरिरहेका छौँ । यी वासनाले अन्धा भएका ब्वाँसाहरू तिनको रहर मेटिइसकेपछि कोल्टे फर्केर घुर्न थाल्छन् र हामी दुई रूपमती आ-आफ्नो नियतिलाई सराप्दै एकअर्काको अङ्गालोमा भक्कानिई भक्कानिई रुन्छौँ ।
शेखर उठेर भाग्न खोज्यो । तर बलिष्ठ ज्यान भएको ओडियासले उसलाई च्याप्प पक्रियो र अङ्ग्रेजीमा बोल्न लाग्यो । यायाको सङ्गतले मैले चाँडै आफूलाई ग्रीक भाषामा अभ्यस्त पारेकी थिएँ । तर, यो अङ्ग्रेजी भन्ने जेमराज भाषा भने ज्यान जाला मैले सिक्न सकिनँ । मौका यही हो भनेर म याया बस्ने घरतिर भाग्न खोजेँ । तर ओडियासले चुक्कुल लगायो र एक बेतोडको पन्च मेरो गालामा मार्यो । तर शेखरसित भने कुरा जारी राख्यो । उसले के भन्यो कुन्नी शेखर ओडियासकै सामु फेरि मतिर जाइलाग्यो । मैले प्रतिकार गरेँ । यसपटक ओडियासले मतिर हेरेर ग्रीक भाषामा भन्यो‚ ‘तैंले अघिकै काम यो केटासित जारी राखेर मलाई खुसी पार्ने कि भोलि बिहानै भिसा क्यान्सिल गराएर यो केटो र तँ हातमा हत्कडी लागाएर नेपाल फर्किने ?’ उसको आवाज यति कठोर र निर्णायक थियो कि रुनु र माफी माग्नुसिवाय मसित उपाय केही थिएन । मैले हात जोरेर बिन्ती गरेँ । के गरूँ कि के गरूँ भएको शेखरलाई ओडियासले फेरि इसारा गर्यो र शेखर फेरि सक्रिय भयो । अब प्रतिकारको कुनै अर्थ थिएन ।
म जिउँदो लास भइसकेकि थिएँ र पनि केही लाज भने बाँकी नै रहेछ; मैले आफू र शेखरमाथि बर्को ओढाउन खोजें ।
‘ओही रे (पर्दैन)’ भन्दै ओडियासले त्यो परै मिल्काइदियो ।
०००
ए कथाकार मलाई तिमीसँग यही कुराको गुनासो छ । अब त तिमीलाई घृणा गर्ने भएकी छु म । मैले त तिमीलाई यस्तोसम्मको जीवन मैले बाँच्नुपर्यो भनी सुनाएकी हुँ‚ न कि यसको अध्योपान्त व्याख्या गर भनी अह्राएकी । तर तिमी भन्छौ‚ ‘रूपमती यहाँ यही पढ्न‚ सुन्न र हेर्न मानिसहरू व्यग्र छन् । मैले सक्दो कोसिस गरेर यसलाई यौन साहित्य हुनबाट जोगाएको छु । मेरो कलमको टुप्पोको खुबीअनुसार कथामा आफ्नो चरित्र स्थापित हुनदेऊ ।’ तिमीले जित्यौ लेखक मैले हारेँ । हारेरै त मैले यहाँसम्म तिमीले रचेको कथानकलाई चुपचाप सुनिरहेकी छु । अझै सुनाऊ त्यस रात ममाथि केके आइलाग्यो ।
०००
जब शेखरको हड्डी गल्यो र ऊ ममाथि लमतन्न पसारियो । ओडियासले कुराकानीलाई अङ्ग्रेजीमा अघि बढायो । तिनीहरूले निकैबेर कुराकानी गरे । त्यसरात ओडियासले शेखरलाई एक सय युरोले पुरस्कृत गरेर बिदा दियो । भयङ्कर ग्लानीका बीच पनि मैले ओडियासले शेखरलाई किन त्यत्रो पैसा दियो भनेर छक्क परेर हेरेँ । त्यो त नेपालको तेह्र चौध हजार रूपियाँ हो ।
शेखर बाहिरिएपछि ओडियासले मलाई ग्रीकमा भन्यो- ‘तँलाई मैले सबै सुखसुविधा दिएकै थिएँ । तर त्यतिले मात्रै तँलाई पुगेनछ । ठीकै छ म केही भन्दिनँ । तर तैंले अबदेखि मैले भनेअनुसार गर्नैपर्छ । मानिनस् भने तँ र तेरो पठ्ठोले तत्कालै साइप्रस छोड्नुपर्ने हुन्छ वा म तिमीहरूलाई चोरी वा कुनै अपराधको आरोप लगाएर वर्षौंसम्म सडाइदिन्छु ।’
‘ती ना कानो‚ मास्त्रो ? (के गर्नुपर्ने हो मालिक ?)’ म डराइडराइ ग्रीक भाषामा सोध्छु । ‘तिमीहरूले गर्नुपर्ने काम मैले शेखरलाई राम्रोसित सम्झाएको छु । मैले अहिल्यै शेखरको पासपोर्टको कपि पनि मेरो मोबाइलमा ट्रान्सफर गरिसकेको छु । तिमीहरूले चलाखी गर्नुको कुनै अर्थ छैन ।’ यति भनेर शेखरले गिजोलेर थिलोथिलो पारेको मेरो मृतप्राय ज्यानमाथि दैत्याकार शरीर भएको ओडियास खप्टिन्छ ।
भोलिपल्ट शेखरको फोन आउँछ । म कुनै उत्सुकताबिना उसको फोन उठाउँछु । उताबाट ऊ भन्छ- ‘सुड्डी मैले आफ्नी गर्लफ्रेन्डलाई मनाइसकेँ । तँ पनि मान् है ।’
‘के मनाइस् तैंले ?’ मेरो बोली फुत्किन्छ ।
‘यस्तै हो सुड्डी परदेशमा कसले कसको मतलब गर्छ र । ओडियासले भनेको छ अबदेखि हरेक शनिबार शनिबार तँ‚ म र मेरी गर्लफ्रेन्ड अनि तेरो सुगरड्याडी त्यही ओडियास मिलेर सँगै रमाइलो गर्नी अरे । त्यसो गरेबापत् ओडियासले हामीलाई एकसय युरो दिन्छ अरे । हिजो एड्भान्स भनेर एक सय युरो दिइसक्यो, देखिनस् ।’
‘तँलाई चाहिएको त्यही थियो होइन खाते ?’ म आक्रोसित हुन्छु ।
‘चुप लाग्‚ मेरी गर्लफ्रन्डले त मानिसकी भने तँ कुन ड्याङ्की मुली होस् । धेरै साध्वी बन्ने नाटक गर्नुपर्दैन । शनिबार म गर्लफ्रन्ड लिएर आउँछु । अँ सुन् तँलाई तेरो छोराले आजसम्म केही भनेको छैन ? मैले त उहिल्यै सुनाइद्या हो त त्यसकी आमाको कर्तूतहरूजति सबै ।’
म छाङ्गाबाट खसेसरी हुन्छु । टेकेको संसार सबै भास्सिएजस्तो लाग्छ । यो यतिसम्म पतीत होला भन्ने मैले सोचेकी थिइनँ । तर, यो त मेरो लोग्ने भनाउँदो डम्बरेभन्दा कता हो कता कुरूप रै’छ ।
र अन्तमा त्यो कालो शनिबारे रातको श्रृङ्खला पनि शुरु भएरै छाड्यो । हामी दुई रूपमतीले सँगै मिलेर शेखर र ओडियासलाई देहसुख प्रदान गर्यौँ र गरिरहेका छौँ । यी वासनाले अन्धा भएका ब्वाँसाहरू तिनको रहर मेटिइसकेपछि कोल्टे फर्केर घुर्न थाल्छन् र हामी दुई रूपमती आ-आफ्नो नियतिलाई सराप्दै एकअर्काको अङ्गालोमा भक्कानिई भक्कानिई रुन्छौँ ।
र यो श्रृङ्खला युगौंयुग चलिरहनेछ जबसम्म हामीजस्ता कलसीकुमारीहरूलाई रूपमती बनेर यस बिरानो मुलुकमा धाउनुपर्ने वाध्यताको अन्त हुनेछैन ।