एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या, दुई पक्राउ

काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिकाका अध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । वडा नम्बर ३ भक्तिपुरका अध्यक्ष श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको हो ।

सोही वडास्थित मुखलाल बाँधमा नगरपालिकाद्वारा भइरहेको पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर उनको हत्या गरिएको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेक्केदार प्रेम दाहाल र जेसिभी चालक हर्षबहादुर तामाङसँगै खाजा खान एक होटलमा पुगेको गिए ।

त्यही भनाभन सुरु भएपछि विवाद सुरु भएको थियो । खाजा खाएर पोखरीसम्म भनाभन जारी नै रहेको र सोही क्रममा वडाध्यक्षले चालक तामाङलाई हिर्काएपछि उनी रिसमा आएर जेसिभीको बकेटले प्रहार गरी श्रेष्ठको हत्या गरेको एसपी राठोरले जानकारी दिए । उनको हत्या गरी शव त्यहीँ पुरेर चालक तामाङ फरार भएका थिए ।

खोजबिन गर्दैजाँदा प्रहरीले जेसिभी चालक तामाङ र जेसिभी धनी दाहाललाई शनिबार बिहान पक्राउ गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *