सप्तकोशीमा पानीको बहाव उच्च, वर्षाको कारण ठाउँ-ठाउँमा अवरोध

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाब बढ्दो क्रममा देखिएको छ । निरन्तरको बर्षाको कारण पानीको बहाव बढ्दै गएको हो ।

सप्तकोशीनदीमा पानीको बहाव बिहान ६ बजे गरिएको मापन अनुसार १ लाख ८० हजार ७ सय ७० क्युसेक मापन गरिएको थियो । त्यस्तै झण्डै २ घण्टाको बिचमा पानीको बहाब बढेर २ लाख २१ हजार ४ सय ७५ मापन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । अहिलेसम्म २८ वटा ढोका खोलिएको छ । पानीको बहाव बढेसँगै सप्तकोशी नदि र सप्तकोशीको सहायक नदी छेउछाउका वासस्थान भएका नागरिकलाई नदीको बहाब बढ्दै गएकोले सचेत रहन भनिएको छ ।

बाढी र पहिरोका कारण पूर्वका केही जिल्लामा समस्या देखिन थालेको छ । विराटनगरमा सिँगियाखोला बजार पसेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सिँगिया खोला विराटनगर १० हाटखोला बजारमा छिरेको हो । निरन्तरको बर्षाको कारण खोलाको सतह पार गरेर खोला बजार पसेको प्रहरीले जनाएको छ ।

पहाडी क्षेत्रमा भने सडक अवरुद्ध भएको छ । धनकुटा-राँके सडकखड पहिरोका कारण अवरुद्ध भएको छ भने सुनसरीको बराहक्षेत्र जाने बाटो पहिरोले अवरोध भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । सुनसरीको ईटहरीमा ट्याङ्ग्रा खोला थुनिएको छ। साथी पेट्रोलपम्प अगाडी पानी खोला थुनिएपछि खोला गाउँ पसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *