प्रदेश २
रामनगर गाउँपालिका अध्यक्ष बर्माको निधन
मकालु खबर
२०७८ असार २० गते
जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा शनिबार राति बर्माको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन् ।
लामो समयदेखि क्षयरोगबाट पीडित ७० वर्षीय अध्यक्ष बर्माको स्वास्थ्यमा अत्यधिक समस्या देखिएपछि असार १४ मा काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । तर उपचारको क्रममा शनिबार राति १२ बजे उनको निधन भएको हो ।
उपाध्यक्ष यादवका अनुसार अध्यक्ष बर्माको शव घर ल्याउने तयारी भइरहेको र हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिनेछ । बर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष बर्माको स्थायी घर रामनगर गाउँपालिका वडा नम्बर १ मा पर्छ ।
मकालु खबर
२०७८ असार २० गते
प्रतिक्रिया
सम्बन्धित