कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

सिन्ह्वा । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेको छ ।

विश्वभर कोरोनाविरुद्धको तीन अर्ब ३२ करोड ५५ लाख ६७ हजार १३२ डोज खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेको छ ।

देश र सङ्क्रमितको संख्या कूल मृत्यु

  • संयुक्त राज्य – अमेरिका तीन करोड ३७ लाख ७० हजार ४४४ छ लाख ६ हजार २१८
  • भारत – तीन करोड ६ लाख ६३ हजार ६६५ चार लाख ४ हजार २११
  • ब्राजिल – एक करोड ८९ लाख ९ हजार ३७ पाँच लाख २८ हजार ५४०
  • फ्रान्स – ५८ लाख ५६ हजार ६८२ एक लाख ११ हजार ४४८
  • रुस – ५६ लाख १४ हजार ५४० एक लाख ३७ हजार ७१८
  • टर्की – ५४ लाख ५९ हजार ९२३ ५० हजार ४८
  • बेलायत – ५० लाख ७ हजार ९६४ एक लाख २८ हजार ५६५
  • अर्जेन्टिना – ४५ लाख ९३ हजार ७६३ ९७ हजार ४३९
  • कोलोम्बिया – ४४ लाख २६ हजार ८११ एक लाख १० हजार ५७८
  • इटाली – ४२ लाख ६५ हजार ७१४ एक लाख २७ हजार ७१८
  • स्पेन – ३८ लाख ९७ हजार ९९६ ८० हजार ९६९
  • जर्मनी – ३७ लाख ४० हजार ५६७ ९१ हजार १४८
  • इरान – ३३ लाख ४ हजार १३५ ८५ हजार २६१
  • पोल्याण्ड – २८ लाख ८० हजार ५०३ ७५ हजार ११४
  • मेक्सिको – २५ लाख ५८ हजार ३६९ दुई लाख ३४ हजार १९२
  • इन्डोनेसिया – २३ लाख ७९ हजार ३९७ ६२ हजार ९०८
  • युक्रेन – २३ लाख ७ हजार ६८ ५४ हजार ८६०
  • दक्षिण अफ्रिका – २१ लाख १२ हजार ३३६ ६३ हजार ३९
  • पेरु – २० लाख ७१ हजार ६३७ एक लाख ९३ हजार ७४३
  • नेदरल्यान्ड – १७ लाख २४ हजार २६२ १८ हजार ४४
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *