नेप्से २३ अकंले बढ्यो, कारोबार रकम पौने ५ अर्ब
मकालु खबर
२०७८ असार २४ गते
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २३.७६ अंकले बढेको छ ।
यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.८५ प्रतिशतले बढेर २८२४.९० बिन्दुमा समेटिएको छ । सेन्सेटिभ परिसूचक ४.४१ अंकले बढेर ५२९.६६ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये ११ उपसमुहका सूचक बढेको छ भने अन्य दुई वटा उपसमूहहरू घटेका छन् ।
यस दिन २ सय २२ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, यस दिन गुहेश्वरी मर्चेण्ट बैंकिग एण्ड फाइनान्सको सेयर मूल्य साढे ९ प्रतिशतले बढेको छ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।
मकालु खबर
२०७८ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित