युनियन लाइफको आइपिओमा दोस्रो दिन २.९४ गुणा बढी आवेदन
काठमाडौं । असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा दोस्रो दिन नै २.९४ गुणा बढी आवेदन परेको छ ।
६४ लाख ५० हजार कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको दोस्रव दिन अपराह्न ३:३० बजेसम्म ११ लाख २८ हजार ३ सय ८४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरका लागि आवेदन परेको छ ।
यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो । यस आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । आइपिओमा भर्ने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।