कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख ३१ हजार नाघ्यो

सिन्ह्वा । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ३१ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ३१ हजार ७११ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ६८ लाख ५ हजार ३०१ जना रहेका छन । विश्वभर तीन अर्ब ४३ करोड ६३ लाख ६२ हजार ९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई १२ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका – तीन करोड ३८ लाख ५३ हजार ९४८ छ लाख ७ हजार १५६
भारत – तीन करोड ८ लाख ७४ हजार ३७६ चार लाख ८ हजार ७६४
ब्राजिल – एक करोड ९० लाख ७९ हजार ९४० पाँच लाख ३३ हजार ४८८
फ्रान्स – ५८ लाख ७४ हजार ७१९ एक लाख ११ हजार ५१५
रुस – ५७ लाख १३ हजार ३५१ एक लाख ४० हजार ६३५
टर्की – ५४ लाख ६५ हजार ९४ ५० हजार ९६
बेलायत – ५१ लाख ३९ हजार १६२ एक लाख २८ हजार ६९१
अर्जेन्टिना – ४६ लाख ४७ हजार ९४८ ९८ हजार ७८१
कोलोम्बिया – ४४ लाख ७१ हजार ६२२ एक लाख ११ हजार ७३१
इटाली – ४२ लाख ७१ हजार २७६ एक लाख २७ हजार ७७५
स्पेन – ३९ लाख ३७ हजार १९२ ८१ हजार ३
जर्मनी – ३७ लाख ४३ हजार ७३२ ९१ हजार २४१
इरान – ३३ लाख ७३ हजार ४५० ८५ हजार ८५९
पोल्याण्ड – २८ लाख ८० हजार ८२१ ७५ हजार १६०
मेक्सिको – २५ लाख ९० हजार ५०० दुई लाख ३६ हजार ९६९
इन्डोनेसिया – २५ लाख २७ हजार २०३ ६६ हजार ४६४
युक्रेन – २३ लाख ११ हजार १९९ ५४ हजार ९७१
दक्षिण अफ्रिका – २१ लाख ९५ हजार ५९९ ६४ हजार २८९
पेरु – २० लाख ८० हजार ७७७ एक लाख ९४ हजार ३८७
नेदरल्यान्ड – १७ लाख ५६ हजार २९३ १८ हजार ४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *