आफ्नो दल विघटन गर्दै रजनीकान्तले लिए राजनीतिबाट सन्यास
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् । सोमबार (आज) आफ्नो दल ‘रजनी मक्कल मंद्रम’ विघटन गर्दै रजनीकान्तले राजनीतिबाट सन्यास लिएको घोषणा गरेका हुन् । यस्तै घोषणाकै क्रममा रजनीकान्तले अब राजनीति नफर्किनेसमेत बताएका छन् । भारतीय अखबार दैनिकभाष्करकाअनुसार सबैजना पदाधिकारीसँग मिलेर रजनीकान्तले यस्तो निर्णय लिएका हुन् ।
रजनीकान्तले ‘रजनी फ्यान क्लब एसोसिएसन’ नामक सामाजिक संस्था खोल्ने घोषणा गरेका छन् । जसले सामाजिक क्षेत्रमा कार्य गर्नेछ । गत डिसेम्बर २९ मा उनले खराब स्वास्थ्यको कारण आफू राजनीतिबाट टाढा बस्ने बताएका थिए । तामिल भाषामा एक पत्र लेख्दै उनले राजनीतिक दलबिनै आफू सामाजिक सेवामा लाग्ने रजनीकान्तले उल्लेख गरेका छन् ।
यस्तै उनले आफ्नो फ्यानहरुसँग माफीसमेत मागेका छन् । गत डिसेम्बर २५ मा रक्तचाप र थकानका कारण उनी हैदराबादको एपोलो अस्पताल भर्ना भएका थिए ।
Actor Rajinikanth says he would discuss with the office bearers of Rajini Makkal Mandram whether he would enter politics or not in the future, ahead of today’s meeting with fans pic.twitter.com/3ByCVTbfYQ
— ANI (@ANI) July 12, 2021