प्रदेश २ : मुख्यमन्त्रीको प्रतिबद्धतापछि प्रदेशसभा सुचारु

जनकपुरधाम । दुई दिनदेखि अवरुद्ध प्रदेश २ को प्रदेश सभा बैठक मुख्यमन्त्रीको प्रतिबद्धतापछि मंगलबारदेखि सुचारु भएको छ । मुख्यमन्त्री लालबाबु राउतले बजेटमा देखिएको त्रुटी सच्याउने प्रतिबद्धता जनाएपछि प्रदेश सभा शुरु भएको हो ।

प्रदेशसभा बैठकमा विपक्षीहरुको माग सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राउतले आर्थिक वर्ष ०७८/०७९ को बजेटमा त्रुटीहरू रहेको स्वीकार गर्दै त्यसलाई सच्याएर जाने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिपक्षी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभाको बैठक लगातार अवरुद्ध गर्न थालेपछि मुख्यमन्त्रीले जवाफ दिँदै बजेट सच्याउने प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘समन्वयको अभावमा बजेटमा सबैको आकांक्षालाई समावेश गर्न सकिएको, यसलाई मन्त्रिपरिषद्‌बाट सुधार गरिनेछ ।’

कुनै शीर्षकमा विनियोजन नगरिएको ५ अर्बभन्दा बढी रकम पछि सबै पक्षलाई समेट्ने गरी पारदर्शी रुपमा विनियोजन गरिने मुख्यमन्त्री राउतले बताए । यो रकम गलत ढंगले विनियोजन नगरिने बताउँदै उनले बजेट सर्वसम्मत पास गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *