भीम आचार्य भन्छन्– ‘एमाले विभाजन गराउनेगरी आजै विश्वासको मत लिन खोजियो’
मकालु खबर
२०७८ साउन ३ गते
काठमाडौं । विपक्षी एमाले नेता भीम आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन खोजेर एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् । कोटेश्वरमा भएको छलफलपछि नेता आचार्यले भने— ‘एमाले विभाजन गर्ने कुत्सित मनसायका साथ आजै विश्वासको मत लिन खोजियो ।’
नेता आचार्यले थपे— ‘१० बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन ।’ एमालेका सचिवसमेत रहेका नेता आचार्यले विश्वासको मत दिने सन्दर्भमा कुनै निर्णय नभएको पनि बताए । ‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन, पार्टीले निर्णय गरेको छैन, नेता आचार्यले भने— ‘मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन ।’
मकालु खबर
२०७८ साउन ३ गते
प्रतिक्रिया