बजाजको नयाँ शोरुम जनकपुरमा
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्सको शुभारम्भ गरेको छ । अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम सञ्चालनमा ल्याएको हो । यस उद्देश्यलाई सार्थक बनाउन ओम अटोमोबाइल्सका प्रोपराइटर सन्तोष कुमार साहलाई डिलरसीप प्रदान गरिएको कम्पनीले जनाएको छ ।
ग्राहकले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको भनाइ छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास समेत कम्पीले व्यक्त गरेको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले भने– ‘हामी जनकपुरमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । जनकपुरमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’
सोरुम उद्घाटनको अवसरमा ओम अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहका लागि आकर्षक उपहारको व्यवस्था गरेको समेत जनाएको छ ।