गणतन्त्रको गलगाँड
बेलायती रानी एलिजाबेथ प्रथम उनको समयमा एकदमै बद्नाम थिइन् । उनीप्रति जनताको तीब्र असन्तुष्टि थियो । उनको नाम सम्झँदा पनि मानिस लाजले शिर लुकाउँथे । कति त आक्रोस थाम्न नसकेर उनी चढ्ने गाडीमा ढुंगा मुढाको प्रयास गर्र्थेे । रानीप्रति बढ्दो वितृष्णा त्यहाँका विद्वानहरुलाई सह्य भएन् । उनीहरुले एउटा उपाय सुझाए- ‘अब जनताको रिस झन् उत्कर्षमा पुर्याएर, फेरि तल झार्नुपर्छ ।’ यसका लागि मिडिया उपयोग गर्ने निधो भयो । यो योजना राजतन्त्र मिल्काउने हैन, जोगाउने कडी अनुसार रचिएको थियो । त्यही योजना अनुसार रानीविरुद्ध पत्रपत्रिकामा श्रृंखलावद्ध प्रायोजित आक्रमण हुन थाल्यो । तिनै विद्वानहरुले आफ्नै कलमबाट रानी विरुद्ध कटाक्ष गर्न थाले ।
कसैले यस्ती बद्नाम रानी स्वीकार्नु बेलायती जनताको दुर्भाग्य भनेर टिप्पणी गरे । कोही लेख्थे- ‘यस्ता पृथ्वीलाई भार जन्मनुभन्दा नजन्मिएकै भए मुलुकलाई भलो हुन्थ्यो ।’ मिडियाले साथ दिएको भनेर जनता मख्ख पर्दै गए । रानीविरुद्धका लेख छापिने रफ्तार चलिरहेकै थियो । लेखाईकै उत्कर्षमा एक विद्वानले एलिजावेथलाई वेश्यासंग तुलना गरेर टिप्पणी छापिदिए । यो लेख बजारमा आएपछि खोलो उल्टो बग्न थाल्यो । रानीलाई वेश्याको कोटिमा राखेको सर्वसाधारणलाई पटक्कै चित्त बुझेन । यो प्रकरणपछि रानीको छायाँ पनि नरुचाउनेहरु भन्न थाले- ‘जतिसुकै नालायक भएपनि रानीलाई वेश्या भन्नु चाहिँ घोर अन्याय हो ।’ त्यसपछि रानीविरुद्ध खनिनेहरु लेखकको खोजी गर्न थाले । लेख्ने क्रम अझै रोकिएन । लेखकहरु रानीप्रति थप तीतो ओकल्दै थिए । अन्ततः एक, दुई गर्दै अधिकांश बेलायतीहरु रानीको पक्षमा सडकमै उत्रिए । रानीमाथि भएको अत्याचारको डटेर मुकाविला गर्ने संकल्प गरे । रानीलाई राष्ट्रियताको प्रतिक बनाएर प्रचार गरे । यता आफ्नो योजना सफल भएकोमा विद्वानहरु मख्ख थिए ।
अघिल्ला पुस्ताका नेताहरु बीपी, गणेशमान, मनमोहनले पनि प्रकाशजस्तै चम्किलो सन्तान हुन् भनेर आफ्ना छोराहरुको नाम प्रकाश राखे । तर ती प्रकाशहरु आफू त परै जाओस, ब्याट्री हाल्दा पनि चम्कन सकेनन् ।
यस्तो अलोकप्रियताको उत्कर्षबाट गुज्रिएको बेलायत राजघरानामा चौथो पुस्ताको पदार्पण भइसकेको छ । सन्तान त कसका जन्मिएका छैनन र ? तर नवयुवराजको जन्मसंगै त्यहाँको अर्थतन्त्र थप सकारात्मक बनेको थियो । सम्भवतः लोकतन्त्रको सामथ्र्य भनेकै यही हो । एलिजावेथ प्रथमदेखि द्वितीयसम्म आउँदा बेलायतको टेम्स नदीमा धेरै पानी बगिसक्यो । तर पनि लोकतन्त्रको मूल्य र मान्यतामा अलिकति पनि आँच आएको छैन् । हिन्दी सिनेमाकी चर्चित भएर गुमनाम बनेकी नायिका ममता कुलकर्णी भिक्षुणी बनेको डेढ दशक भयो । उनी भन्छिन्- ‘ईश्वरका लागि जन्मिएकी मैले ऐना नहेरेको वर्षौं भयो ।’ सन्दर्भ यतिमै टुँगिदैन । नेपालमा मन्त्री बन्न राजनीतिक दलमा हाम्फालेका करिश्मा मानन्धर, रेखा थापा पहिलो झड्कामै सकिए । राजनीति गर्नु सिनेमाको टेक लिएर राम्रो बनाएजस्तो हुन्न । यो त्यही देश हो- बाउले गद्दीको आयतन चिन्न नपाउँदै छोराले राजगद्दी भ्याइसकेका थिए । आफूभन्दा अगाडि छोरो ज्ञानेन्द्र राजा हुन्छ भन्ने चाल पाएको भए मूल परेको भनेर महेन्द्रले छोरालाई अर्कैको हात पाल्न पठाउँथे होलान् ।
अघिल्ला पुस्ताका नेताहरु बीपी, गणेशमान, मनमोहनले पनि प्रकाशजस्तै चम्किलो सन्तान हुन् भनेर आफ्ना छोराहरुको नाम प्रकाश राखे । तर ती प्रकाशहरु आफू त परै जाओस, ब्याट्री हाल्दा पनि चम्कन सकेनन् । प्रकारान्तरले एउटै नर्सरीका विरुवा बनेका ज्ञानेन्द्र र प्रचण्डले पनि छोराहरु प्रकाश र पारस भएको देख्न खोजे । तर तिनीहरु जन्मदाताकै लागि आगोको लप्का सावित भए । भाग्यले दिने कर्मले ठेल्ने नियतिले यी दुवैको जीवनमा नपुरिने भ्वाङ परेको छ । जुन लाभाले ज्ञानेन्द्रलाई खायो, त्यही लाभाले प्रचण्डलाई थाल खाउँ कि भात खाउँ बनायो । नेत्रविक्रम चन्दका छोरा विना खर्च डा. प्रकाश भएर निस्किए । दुख्याहा जनताका छोरा खाडीमा भएका बेला क्रान्तिकारी नेताका छोरो डाक्टर हुनु जनताका लागि सुखद समाचार हो । राजश्वलाई खाजश्व बनाएर नेता पाल्ने नेपाली धर्म विश्वकै अनुपम नमूना हो ।
नढाँटी भन्दा नेपालमा गणतन्त्रको गलगाँडले आमजनतालाई उठी सुख न बसी सुख बनाएको छ । मन परेकालाई टुँडिखेल दान दिँदा पनि क्षम्य हुने र मन नपरेकालाई रक्तदान गर्दा पनि कानुनको त्रास देखाएर मच्चिने बेसोमती अभ्यास भएका छन् । कारावास जीवन काटिरहेको एउटा कैदीलाई सजाय स्वरुप दुईवटा विकल्प दिइएछ । एउटा सिर्कनो अर्को खुर्सानी । खुर्सानीले राल सिंगान भएपछि उसलाई सिर्कनो प्यारो लाग्दो रहेछ । सिर्कनोले छरछरी रगत आएर पीडा भएपछि भन्दो रहेछ- ‘यो भन्दा त खुर्सानी नै जाति ।’ नेपालको राजनीतिमा ज्ञानेन्द्र सिर्कनो र प्रचण्ड खुर्सानी सावित भएका छन् । प्रकारान्तरमा फेरि सिर्कनोको पालो आएको भान पर्न थालेको छ । त्यही बेलायत हो, जहाँ चिहानमा गाडिएको राजाको कंकाललाई निकालेर मुकुट पहि¥याइएको छ भने अस्थिपञ्जर खोस्रिएर सुलीमा चढाइएको इतिहास पनि छ । आखिर प्रजातन्त्रको जननीलाई सक्कल बम्मोजिम नक्कलमा उतार्ने बानी परेका हामीलाई यो दृश्य पनि कति नै नौलो लागिहाल्ला र ?
त्यसै भनिएको होइन- अति सर्वत्र बर्जयते । अति सुन्दरी हुँदा सीता हरिनु पर्याे । घमण्डले खस्रे भ्यागुतोजस्तो फुल्दा रावण नासिनु पर्याे । अति दानी हुँदा कर्ण काटिनु पर्याे । अति बलशाली हुँदा हनुमानले आफ्नो शक्ति अरुबाट थाहा पाउनुपर्ने अवस्था आइलाग्यो । बाटो मलामीको पनि हो । जन्तीको पनि हो । तर त्यही बाटोको लालपुर्जा बाँड्ने अधम र अपराधी खेलमा हाम्रा राजनीतिक दलहरु लाग्नु नीच मानसिकताको उपज हो । एउटा भुस्याहा कुकुरको अधिकारका विषयलाई लिएर विश्वव्यापी बहस भइरहेको यो समयमा पूर्वराजालाई छेकारो काट्ने खेल असभ्यताको पराकाष्टा हो । अझ यो हुतिहाराहरुले देखाउने ब्वाँसो प्रवृत्ति हो ।
आँसु बगाउन लायक प्रजातन्त्र यहाँ कहिल्यै आएन । कोही सत्तामा जानु नजानु प्रजातन्त्रको परिचय होइन । प्रजातन्त्र भनेको त कर्णालीको मानिसले आफ्नो स्याउ सहजसंग झापामा बेचेर त्यहाँबाट चामल लिएर फर्कनु चाहिँ हो ।
आँसु बगाउन लायक प्रजातन्त्र यहाँ कहिल्यै आएन । कोही सत्तामा जानु नजानु प्रजातन्त्रको परिचय होइन । प्रजातन्त्र भनेको त कर्णालीको मानिसले आफ्नो स्याउ सहजसंग झापामा बेचेर त्यहाँबाट चामल लिएर फर्कनु चाहिँ हो । अर्थात अवसर नै प्रजातन्त्रको सर्त हो । चन्द्रशम्शेरले खाने गरेको काली मार्सीको आख्यानको बदला कुहेका चामलको सौदा गरेर त्यही चामलबाट बनेको रक्सी ख्वाएर स्वास्नी भकुराउने अनि नारी मुक्तिको आवाज चर्काउने राज्यको कर्तव्य होइन । राज्य भनेको समाधान हो । सवैलाई थाहा छ- ‘दुख र आगोले समान पोल्छ ।’ राज्यले जनतालाई दिने भनेको बाटो, बत्ती, पानी र शिक्षा हो । यति भएपछि उनीहरु जीवनको लक्ष्मणरेखा आफैं कोर्न सक्छन् । राजनीतिका नाममा चिनी गुलियो र खुर्सानी पिरो भन्ने बेतुकका फन्टुस गफमा थुप्रै समय बितेको छ । पद भनेको त सिंहमाथिको सवार हो । हामीले ज्ञान हैन, सूचनालाई जीवनपथ बनायौं । गुरु हैन, शिक्षकलाई सर्वैसर्वा ठान्यौं । ज्ञान गुरुले बाँड्ने हो । शिक्षकले दिने त सूचना मात्र हो । नयाँ पुस्ता कम्प्युटरको पेन्टियम सेभेन संस्करण हो । तर पेन्टियम वानमा समेत आपूmलाई अपडेट नगरेका नेता र शिक्षक देशको भाग्यनिर्माता भएका छन् । बीपीले ०१५ सालमा कल्पना गरेको सानो झुप्रो, ओखती उपचार र गाई पालन भनेको अहिलेको ल्यापटप हो । समयअनुसार मान्यता फेरिन्छ भन्ने तथ्य नेतृत्वले बुभ्mन आवश्यक छ । अत्यन्त वृद्ध भइसक्दा पनि महाराज यायातिले कान्छो छोरा पुरुको जवानी पैंचो लिएर कामवासनामा लिप्त रहेको तर तृप्त नभएको कथा महाभारतमा उल्लेख छ । हाम्रो नेतापुस्ता पनि तिनै पात्रजस्ता लोभी भएका छन् ।
जब सन्तान सुखबाट मानिस अभिप्रेरित हुँदैन, त्यसले राजनीतिमा जुन बादको कुरा गरेपनि त्यो कुतर्क ठहर्ने पक्का छ । जेलमा बस्दा पनि बीपीले आपूmलाई सन्तान सुखको कुन कोटीमा राखेका थिए भन्ने उनैले लेखेको यो प्रसंगबाट स्पष्ट हुन्छ- ‘सुशीलाको स्वास्थ्य राम्रो रहेछ- अलिक पहिलेको भन्दा उन्नति गरेको । प्रकाश हृष्टपुष्ट रहेछ । श्रीहर्षलाई भर्खरै ठेउला आएकाले दुब्लो थिए । शशांकलाई पनि अत्यन्त दुब्लो पाएँ । चेतना पनि दुब्ली । तर सवै प्रसन्न थिए । शशांकले ट्विस्ट नाचेर देखायो र आजकलका ठिटीहरुले नयाँसडकमा हिँडेको भाउ देखाएर हामी सवैलाई मनोरंजन पर्याे । श्रीहर्षले सिलोन रेडियोको नक्कल गरेर एउटा विज्ञापनको गाना गायो । मैले उनीहरुलाई चकलेट दिएँ । शशांकले जेनेरलदेखि अरु सवै अफिसरहरुलाई पनि बाँड्यो चाकलेट । म बडो प्रसन्न भएँ ।’
सत्य भनेको इच्छा हो । आग्रह भए ठाउमा सत्य आउँदैन । जिब्रोभरि नून लिएर तिहुन चाख्न तम्सिनेहरुको साम्राज्यले सर्वत्र गिजोलिएको छ । सिंहदरवारदेखि आर्यघाटसम्म दलाली छ । मानिसहरु भन्छन- नेपालमा सुन महँगो छ । तर हैन, सुनभन्दा कानुन, शिक्षा र स्वास्थ्य महँगो छ । माखामुन्द्रो बेचेर अदालत, स्कुल र अस्पताल धाउने मानिसको संख्या लेखो लाएर साध्य छैन् । नागरिकका लागि राज्यले आधारभूत रुपमा उपलब्ध गराउनुपर्ने विषय नै दलालीका भरपर्दो साधन भएका छन् । नगरपालिकाले आफैंले आफैंलाई धान्न नसकेको देशमा संघीयता नामको चरीले आतंक मच्चाएको छ । युरोपियन युनियन भएर एउटै मुद्रा एउटै कानुन चलाउने देशहरु नेपालमा संघीयता र धर्मको खेतीपाती चलाइरहेका छन् । वाल्मीकि, चाणक्य, बेदव्यास, कालिदासजस्ता कालजयी सम्पदा बोकेका हामी सभ्यताको नाममा प्लुटो, एरिस्टोटल, माल्थसतिर किन लहस्सिनु पर्याे र ? संसार एकाकार भएर अघि बढेका बेला घरखेत किन बाँड्नु पर्याे ?