प्रधानमन्त्री देउवाले गरेका कामबारे भाइबरमार्फत् जानकारी दिइने
मकालु खबर
२०७८ साउन १३ गते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाइबरमार्फत् आफूले गरेका कामबारे जानकारी दिने भएका छन् ।
बुधबार प्रधानमन्त्री देउवाले ट्विटरमा तस्बिर सार्वजनिक गर्दै आफूले गर्ने काम बारेमा जानकार रहन भाइबरको आधिकारिक कम्युनिटीमा जोडिन आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामका बारेमा जानकार रहन भाइबरको आधिकारिक कम्युनिटी जोइन गर्नुहोस्‚’ तस्बिरमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री देउवाको भाइबर अकाउन्ट भेरिफाई भएकाले अन्य अकाउन्टमा नजोडिन आग्रहसमेत गरिएको छ ।
मकालु खबर
२०७८ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित