क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेसले दियो २४ घण्टाको समय

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता विवाद टुंग्याउन २४ घण्टाको समय दिएको छ ।

पदाधिकारी र पूर्वपदाधिकारीहरूको बाँकी विवाद टुंग्याउन क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाको समय दिइएको कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहित पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *