प्रतिनिधि सभाको बैठक आज

काठमाडाैँ । संघीय संसद प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम सकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६/०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघिका बैठकमा शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्वपूर्ण विषय संसदमा प्रवेश भएका छैनन् । संसदलाई गति दिने विषयमा बिहीबार सभामुख अग्नि सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको थियो ।

दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसदको यो चौंथो बैठक हो । साउन ३ गते बसेको बैठक ८ गते र १२ गते पनि बसेको थियो । पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *