सत्तारुढ कार्यदलको बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको सरकारलाई सघाउन बनेको कार्यदलको बैठक बसिरहेको छ । बैठक बिहान ११ बजेपछि बसेको कार्यदलका सदस्य तथा जसपा नेता रामसहाय यादवले बताए ।

पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रममाथि छलफल भइरहेको नेता यादवले बताएका छन् । दलले साझा कार्यक्रम तय गरेर सरकारलाई प्रभावकारी बनाउने योजना ल्याएका छन् ।

सरकारलाई सहयोग गर्नेगरी गठन गरिएको कार्यदलमा संयोजक खड्कासँगै मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देव गुरुङ, राजेन्द्र श्रेष्ठ, र रामसहाय यादव छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *