१९९४ निको हुँदा, संक्रमित र मृतक कति थपिए ?
मकालु खबर
२०७८ साउन १९ गते
काठमाडौँ । नेपालमा मंगलबार थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ६ सय ३८ पीसीआर परीक्षणका क्रममा २ हजार ४ सय ४८ र ६ हजार ८० एन्टीजेन परीक्षणका क्रममा ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा ९ हजार ९ सय २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १ हजार ९ सय ९४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६० हजार ११६ संक्रमितले कोरोना जितेका छन् ।
हाल ३२ हजार ५९ सक्रिय संक्रमित आइसोलेसन र ३७१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३६ लाख ३३ हजार ११८ वटा पीसीआर र ३ लाख ३१ हजार ८७९ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मकालु खबर
२०७८ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित