रणनीति बनाउँदै नेपाल पक्ष, शुरु भयो बैठक

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ । त्यसलगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने नेतृ अष्टलक्ष्मी शाक्यले बताइन् । बैठक बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बसिरहेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल हुने बताइएको छ । नेतृ शाक्यले भनिन्, ‘वर्तमान राष्ट्रिय राजनीति र अब कसरी पार्टी चलाउने भन्नेबारे छलफल हुनेछ ।’

अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताहरुले बताएका छन् । अध्यक्ष केपी शर्मा ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरी नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *