पौडेल भन्छन्- भदौ २३ पछि यो केन्द्रीय समिति रहँदैन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि अहिलेको कांग्रेस केन्द्रीय समिति नरहने बताएका छन् । भदौ २३ पछि समितिले आफ्नो वैधानिकता गुमाउने औंल्याउँदै नेता पौडेलले भनेका छन्, ‘भदौ २३ पछि यो केन्द्रीय समिति रहन सक्दैन । भदौ २३ पछि उता यो केन्द्रीय समिति रहँदैन । यसको वैधानिकता सकिन्छ ।’

नेता पौडेलले बिहीबार (आज) आफूनिकटका नेताहरुसँग छलफल गरेका थिए । पूर्वमहामन्त्री प्रकाशमान सिंहनिवासमा बसेको बैठकमा महाधिवेशनकेन्द्रित छलफल गरेको थियो । छलफलमा नेता पौडेलसँगै, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाललगायतका नेताहरु उपस्थित थिए ।

नेता मिनेन्द्र रिजालकाअनुसार बैठकले १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म नै गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *