भेरोसेलको दोस्रो डोज लगाउन सुरु (तस्बिरहरु)
२०७८ साउन २२ गते
काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई आजदेखि दोस्रो डोज लगाउन थालिएको छ । गत असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो ।
उक्त पहिलो डोज खोप लगाएको २१ देखि २८ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज ‘बुस्टर’ खोप दिन थालिएको हो । स्वास्थ्य सेवा विभागले सातै वटा प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई दोस्रो खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
२०७८ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित