कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २८ मा

काठमाडौं । १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । साउन २८ गते २ बजे पार्टीको केन्द्रीय कार्यालयमा सानेपामा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनकाअनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिकाका विषयमा छलफल हुनेछ । कांग्रेसले १६–१९ भदौमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको थियो । तर, क्रियाशील सदस्यताको विवाद समाधान गर्न नसक्दा तल्ला तहको अधिवेशन प्रभावित भइसकेको छ ।

महाधिवेशनबारे अन्योल भइरहेका बेला कांग्रेसले केन्द्रीय समिति बोलाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *