काठमाडौंमा पौडेल समूहका जिल्ला सभापतिको भेला हुने

काठमाडौँ । तोकिएको मितिमा पार्टीको महाधिवेशन नहुने भएपछि कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिको भेला बस्ने भएको छ । साउन २५ गते काठमाडौँमा बस्ने गरी भेला बोलाइएको छ ।

महाधिवेशनको कार्यतालिका तयार गर्ने, पार्टीको निर्वाचन निर्देशिका, क्रियाशील सदस्यतामा देखिएको विवाद र भावी नेतृत्व चयन लगायत विषयमा छलफल गर्ने गरी पौडेल समूहका जिल्ला सभापतिको भेला बस्न लागेको हो । नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले २५ गते काठमाडौँ उपलब्ध हुने जिल्ला सभापतिको भेला बस्ने तयारी भएको जानकारी दिए । ‘हामी निरन्तर छलफलमै छौँ । उपलब्ध साथीहरुका बीच छलफल गर्ने तयारी हो, भेला भनेर त्यस्तो ठूलो फङ्सन पनि होइन, हाम्रो नियमित छलफल हो,’ उनले मकालुखबरसँग भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *