रणवीर बराबर पारिश्रमिक नपाएपछि ‘बैजु बावरा’बाट बाहिरिइन् दीपिका
मकालु खबर
२०७८ साउन २५ गते
एजेन्सी । सञ्जय लीला भन्सालीको चलचित्र ‘बैजु बावरा’बाट पारिश्रमिकमा कुरा नमिलेपछि अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन् ।
यस चलचित्रमा रणवीर सिंह र दीपिका जोडीको रूपमा देखिने चर्चा थियो । तर,भारतीय सञ्चारमाध्यमका अनुसार दीपिका यो चलचित्रबाट बाहिरिएकी हुन् । उनले रणवीरको बराबर पारिश्रमिकको माग गरेपछि चलचित्र निर्माण टीमले उक्त रकम दिन नमानेपछि उनी बाहिरिएकी हुन् ।
दीपिका र रणवीरले भन्सालीको चलचित्र रामलीला, बाजिराव मस्तानी र पद्मावतमा पर्दा सेयर गरेका थिए ।
मकालु खबर
२०७८ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित