एमालेको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित (भिडिओसहित)

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सकिएको छ । यसलगत्तै केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बिहान ११ बजेदेखि तुल्सीलाल स्मृति भवनमा बसेको बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले भनेका छन्, ‘बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।’

पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल गठन गरेको थियो । कार्यालय सचिव शेरबहादुर तामाङ्ले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *