पुस्तक ‘वैरागी काइँला : अस्तित्वको दाबी र वर्तमान’ सार्वजनिक
मकालु खबर
२०७८ साउन २५ गते
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा कवि वैरागी काइँला (तिलबिक्रम नेम्वाङ) का बारेमा पुस्तक सार्वजनिक भएको छ ।
साहित्यकार कृष्ण धरावासीको सम्पादन रहेकोको ‘वैरागी काइँला : अस्तित्वको दाबी र वर्तमान’ शीर्षकको ९ सय पृष्ठको पुस्तक काइँलाको जन्मदिनको अवसर पारेर साेमबार सार्वजनिक गरिएको हो ।
काठमाडौँको सुकेधारामा रहेकाे कवि काइँलाको निवासमा गरिएको कार्यक्रममा उनलाई १ लाख रुपैयाँसहित सम्मान गरिएको पुस्तकका सम्पादकमध्येका एक रत्नमणी नेपालले मकालुखबरलाई जानकारी दिए ।
काइँलाले इन्द्रबहादुर राई र ईश्वर वल्लभसँग मिलेर चलाएको साहित्यिक आन्दोलनलाई नेपाली साहित्यमा ‘तेस्रो आयाम’ का रुपमा चिनिन्छ ।
मकालु खबर
२०७८ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित