सरकारद्वारा कर्मचारीको नयाँ तलबमान पारित

काठमाडौँ । सरकारले कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सबै तहका निजामती कर्मचारी‚ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सांसद, स्वास्थ्य सेवा तथा सामुदायिक विद्यालयका शिक्षक तथा स्थानीय तह र प्रदेश तहका कर्मचारीको यहि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै सरकारले माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको लागि जग्गा प्राप्तिलगायत प्रारम्भिक काम गर्न आयोजनाका कमलबहादुर अधिकारीलाई जिम्मा दिइएको हो ।

यस्तै, कृषि तथा वन सेवाका सहसचिव गोविन्दप्रसाद शर्मालाई कृषी तथा पशुपन्छी मन्त्रालयको सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

यस्तै परराष्ट्र सेवाका उपसचिवहरू सूर्य भट्टराई घनश्याम लम्साल र तेजबहादुर भट्टराईलाई सहसचिवमा बढुवा र पदस्थापन गरेको छ । मन्त्रिपरिषदले सैनिक सेवा चौथो नियमावली विधेयक समितिमा पठाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा मन्त्री कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *