निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने पौडेल पक्षको जिकीर

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरूको बैठकले निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने जिकीर गरेका छन् ।

साउन २८ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको विवाद समाधान गर्नुपर्ने र कांग्रेसका ८ तहका अधिवेशनलाई चार तहमा छोट्याएर भए पनि समयमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालिएको नेताहरूले बताएका छन् ।

महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा भएको बैठकले भदौ २३ गतेदेखि कांग्रेसको वैधानिकता सकिने भएकाले भदौ १६ देखि निर्धारित मितिमै कांग्रेसको महाधिवेशन हुनुपर्ने ठहर गरिएको उनीहरुको भनाइ छ ।

वडा, संघीय निर्वाचन क्षेत्र, प्रदेश र संघको अधिवेशनमात्र गरेर भएपनि महाधिवेशन समयमै टुंग्याउनुपर्ने बैठकको निष्कर्ष रहेको नेता गुरुराज घिमिरेले जानकारी दिए ।

बैठकले रोकिएका महाधिवेशनका कार्यक्रम तत्काल सुरु गर्न पनि पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *