पौडेल पक्षका जिल्ला सभापतिको भेला जारी

काठमाडौँ । कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि जारी छ । काठमाडौँको ठमेलस्थित होटेल यात्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु भेला भएका छन् । सोमबारदेखि सुरु भएको छलफल आज साझा धारणा तय गर्दै सम्पन्न हुने जनाइएको छ ।

दिउँसो १ बजे वरिष्ठ नेता पौडेलसहित केन्द्रीय सदस्यहरुले समेत सम्बोधन गर्ने कार्यक्रम छ । भेलामा सोमबार २४ जना जिल्ला सभापतिले आफ्नो धारणा राखेका थिए । भेलामा ३५ जिल्लाका सभापति उपस्थित छन् भने अन्य १२ जिल्लाका सभापति भर्चुअल माध्यमबाट सम्पर्कमा रहेको नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

उनका अनुसार मंगलबार बाँकी जिल्लाका सभापतिले धारणा राखेर भेला सकिनेछ । ‘१४ औँ महाधिवेशनको सुनिश्चितता, क्रियाशील सदस्यताको विवाद समाधान, सरकारका प्राथमिकता र आगामी निर्वाचनको तयारी र भावी नेतृत्व चयन लगायतका विषयमा साथीहरुले आफ्नो धारणा राखिरहनुभएको छ, यी नै कुराहरुमा एउटा निष्कर्ष राख्छौँ,’ केसीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *