नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने पौडेल पक्षको माग
मकालु खबर
२०७८ साउन २६ गते
काठमाडौँ । काठमाडौँको ठमेलमा भएको नेपाली कांग्रेसका जिल्ला सभापतिहरूकाे भेला सकिएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिहरूको भेलाले चारवटा निष्कर्ष निकालेको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।
भेलाले क्रियाशील सदस्यता चाँडाे टुङ्गो लगाउने, नयाँ कार्यतालिका ल्याएर भ्याउने अवस्था रहे नियमित महाधिवेशन गर्ने, नियमित महाधिवेशन हुन नसके ०१४ सालकाे नजिर र पार्टीको विधानमा टेकेर विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
भेलाले विद्यार्थी र शिक्षकलाई अविलम्ब खाेप र पठनपाठन सुचारू गरउन र सबै खालका भ्रष्टाचारका काण्ड छानबिन गर्न पूर्वप्रधानन्यायाधीशकाे संयाेजकत्वमा स्वतन्त्र छानबिन आयाेग गठन गर्न सरकारसँग माग गरेको छ ।
मकालु खबर
२०७८ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित