प्रक्रिया नपुर्‍याई बाँडिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिँदैन : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्‍याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान नसकिने बताएका छन् ।

बुधबार फेसबुकमार्फत नेता कोइरालाले तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका‚ छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्‍याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान नसकिने बताएका हुन् ।

‘तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्‍याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न‚’ उनले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *