एमसीसीमाथि राष्ट्रिय सहमति होस् : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जनताको घर घरमा पुगेको विषय भएकाले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा राष्ट्रिय सहमति हुनेमा आशा व्यक्त गरेका छन् ।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले यस विषयलाई तटस्थ ढङ्गले अध्ययन गरिरहेको भन्दै एमसीसीमा राष्ट्रिय सहमति भएमा यसलाई अघि बढाउन सजिलो हुने बताएका हुन् ।

‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु । यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु कि राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय हो‚’ उनले भने ।‍

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *