ईटहरीका मेयर द्वारिकलालले आफूलाई थुनेको सेवाग्राहीको दाबी

ईटहरी । ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफूलाई नगरपालिकाको कार्यालयमा बोलाएर थुनेको एक सेवाग्राहीले बताएका छन् ।

इटहरी- ४ का यामप्रसाद ढकालले मेयर चौधरीले आफ्नो कार्यालयमा बोलाएर थुनेको बताएका हुन् ।

सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहरी लगाएर ढकाललाई कार्यालयमा बोलाएका मेयर चौधरीले कार्यलयमा पुगेपछि घर भत्काउन भनेको तर आफूले नमानेपछि आफूलाई थुनेर भागेको ढकालले बताए ।

मेयर चौधरीले गएको मंगलबार इटहरी- १३ मा निर्माणाधीन रिसोर्टको पर्खाल भत्काएका थिए । मेयर चौधरी समयसमयमा चर्चा र विवादमा आइरहने पात्र हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *